मिस इको इन्टरनेशनलतर्फ लागिन मुना


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन

नेपालको प्रतिनिधित्व गर्दै मोडल मुना गौचन इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१९’मा भाग लिन बुधबार त्यता लागेकी छिन् ।

६० देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगिताका लागि गौचनलाई ग्रीन आर्ट मिडियाले पठाएको हो । गौचन नेपालको पाँचौ सहभागी हुन् ।

यस अगाडी प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र गतबर्ष मौनता लामाले भाग लिएका थिए । तर कसैले पनि ताज ल्याउन नसकेको अबस्थामा अब आशा गौचनमा टिकेको छ ।

नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन मिस इको राम्रो प्लेटफर्म भएको इजिप्ट जानु अघि गौचनले बताइन् । ‘नेपाली ड्रेस र देशमा रहेको सांस्कृतिक र प्रर्यटकिय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर आफु प्रतियोगितामा सहभागी हुन लागेको हो’ उनले भनिन् ।

प्रतियोगिताको शिर्ष उपाधि नेपाल भित्र्याउने बिश्वासका साथ गौचनलाई आफुले इजिप्ट पठाएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । ‘आवश्यक बिभिन्न प्रशिक्षण सहित गौचन त्यस तर्फ उडेकी हुन्’ श्रेष्ठले थपिन् ।