आयो गरुड पुराण मुलुकका ९० हलमा


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, ४ माघ

शुक्रबारबाट मुलुकका विभिन्न सिनेमा हलमा नयाँ चलचित्र ‘गरुड पुराण’ प्रदर्शन भएको छ । यो चलचित्र काठमाडौं र मोफसल गरेर करिब ९० हलमा रिलिज भएको यसका निर्देशक सुवास कोईरालाले जानकारी गराएका छन् ।

काठमाडौंका सबैजसो मल्टिप्लेक्ससँगै सिँगल थिएटर र मोफसलका अधिकाँस सिनेमा हलमा आफ्नो सिनेमा रिलिज भएको सुवासले बताए‘यो चलचित्रले दर्शकलाई दुई घन्टा पूर्ण मनोरञ्जन दिन्छ । हलमा फिल्म हेरुन्जेल दर्शक खुब हाँस्दै रमाउने छन् ।’

निर्देशक कोईरालाले भने,‘यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ । ब्यान्ड बजाउने मुख्य भूमिकामा अभिनेता नाजिर हुसेन छन र उनको चरित्रले दर्शकलाई पुरा मनोरञ्जन दिन्छ ।’

गरुड पुराणलाई सुसन प्रजापतिको छायाँकन गरेका हुन् । जसमा रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ ।

सेन्सर बोर्डबाट ‘पिजी सर्टिफिकेट’ पाएको यो हास्य प्रधान फिल्म रहेको छ । यसको म त पिरेममा…गीत अहिले चर्चामा छ । निश्चल बस्नेत सहित यसका मुख्य कलाकारको नृत्य रहेको यो गीतमा कोशिश क्षत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको स्वर छ ।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्बाद आकाशले लेखेका हुन् ।

यो चलचित्रमा अभिनेता नाजिर हुसेनकै समुहमा लुनिभा तुलाधर र प्रकाश घिमिरे छन् । यस्तै कर्मा, नव अभिनेत्री प्रियँका सिंह, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका रहेको छ ।