१२६ घन्टा लगातार नाचेर यसरी विश्व रेकर्ड कायम गर्दैछिन बन्दना


ब्युटी न्युज नेपाल
काठमाडौँ १० मंसिर

नेपालकी किशोरी बन्दना नेपालले लगातार १२६ घण्टा नाचेर १२ मंसिरमा गिनिज अफ वल्र्डमा विश्व रेकर्ड कायम गर्दैछिन् । यस अघि भारत, केरलाकी कलामण्डलम हेमलथाले दुई वर्ष १२३ घण्टा क्लासिकल नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो नृत्य गरी वल्र्ड रेकर्ड बनाएकी थिइन् । त्यही रेकर्ड तोड्न धनकुटाको महालक्ष्मी नगरपालिका–९ मा २०५८ सालमा जन्मिएकी बन्दनाले ७ मंसिर बिहान ९ बजेबाट वल्र्ड रेकर्डका लागि नृत्य सुरु गरेकी हुन् ।

यसरी चार दिनबाट नाचेको नाचै छिन बन्दना (हेर्नुस भिडियो)

काठमाडौँको बत्तिसपुतली स्थित बिग फुडल्यान्डमा उनले नृत्य गरिरहेको ८५ घण्टा नाघिसकेको छ । यही १२ मंसिर बुधबार दिउँसो १ बजेपछिसम्म नाचेर विश्व रेकर्ड कायम गर्दैछिन् ।

बन्दनाका बुबा गायक राम नेपालकाअनुसार अहिलेसम्म उनको नृत्य उत्साहजनक छ । बन्दना नृत्यमा निरन्तर सबैभन्दा बढी समय नाचेर गिजिन अफ वल्र्डमा विश्व रेकर्ड बनाउने कार्यमा नजिक पुगिसकेकी छिन् । प्रत्येक घण्टामा पाँच मिनेट मात्र खानपिन र सौचका लागि समय पाउने गरेकी उनले दिनरात नभनी निरन्तर नृत्य गरिरहेकी छिन् । बुबा राम नेपालले छोरी नाचिरहेको कार्यक्रममा सहभागी भएर हौसला दिन र बन्दनालाई विश्व रेकर्ड कायम गर्दै देशको नाम उच्च बनाउन सबैलाई अनुरोध गरेका छन् ।