२४ वर्षमा साम्राज्ञी, बर्थ डेमा ब्वाईफ्रेन्डसँग मस्ती


ब्युटी न्युज नेपाल
काठमाडौं ३ मँसिर

दुई दिन अघि मात्र अभिनेता प्रदीप खड्कासँग नयाँ फिल्मका लागि अनुबन्धित भएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह २४ वर्षमा लागेकी छिन् । उनले हिजो बेलुका आफ्नो २३ औं जन्म दिनको केक काटेकी छिन् ।

आफ्नो ब्वाईफ्रेन्ड देभंक्ष एसजेबी राणा सहित निकटतम् साथीहरुसँग उनले केक काटेर २३ औं जन्मदिन मनाएकी हुन् । केक काट्ने कार्यक्रम सकिएपछि अबेलासम्म साम्राज्ञीले आफ्नो ब्वाईफ्रेन्ड र साथीहरुसँग नाचेर मास्ती गरिन् ।

साम्राज्ञी चलचित्र ड्रिम्स मार्फत नेपाली सिनेबृत्तमा आएकी हुन् । उनका आधा दर्जन नेपाली चलचित्र रिलिज भईसकेका छन् ।