दर्शकले रुचाए जितुको मुन्द्रेको कमेडी क्लब


व्युटी न्युज नेपाल
काठामाडौं, २४ कात्तिक

हास्यव्याँग्य अभिनेता जितु नेपालको नयाँ शो ‘मुन्द्रेको कमेडी क्लब’ यतीबेला चर्चामा छ । यो क्लबको पहलिो सृँखला दर्शकहरुले मन पराएका छन् । पहिलो सृँखला सोमबार नेपाल टेलिभिजनमा प्रसारण भएको थियो । युट्युबमा पनि सार्वजनिक यो कार्यक्रम युट्युब ट्रेन्डिङको दुई दिनसम्म पहिलो नम्बरमा पर्यो ।

यो कार्यक्रम आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । जितु नेपालको शो मा अध्यक्षको भुमिकामा भने सफल निर्मात्री एवं हास्य कलाकार दीपाश्री निरौला रहेकी छिन् । कार्यक्रमको पहिलो एपिसोडमा हास्य कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीलाई निम्त्याईएको थियो । कार्यक्रममा हास्य रस मिसाउनको लागि जितु र दीपालई राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेर राईले पनि बेजोडले साथ दिएका छन् ।

रबि श्रेष्ठको निर्देशनमा तयार भएको कार्यक्रममा कार्यकारी निर्देशकको रुपमा माधव कार्की रहेका छन् । यस्तै श्रृंखला निर्देशकको जिम्मेवारी कलाकार निरज नेपाललाई दिइएको छ । शो कार्यकारी निर्माता रबिन्द्र कुमार रिजाल (शशी) हुन् ।