चंगा चेटलाई सेन्सरको पिजी


व्युटी न्युज नेपाल
काठमाडौं १० कात्तिक

प्रदर्शनको तिथि गणनामा उत्रिसकेको चलचित्र चंगा चेटलाई सेन्सर बोर्डले प्रदर्शनीको लागि अनुमति सहित पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ । यो चलचित्र १६ कात्तिकबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउँदैछ ।

१६ वर्ष भन्दा कम उमेरका दर्शकका लागि अभिभावकको साथ रहनेगरी भन्दै सेन्सरले चंगा चेटलाई पिजी सर्टिफिकेट दिएको छ । सेन्सरका एक सदस्यका अनुसार फिल्ममा केही द्धन्द्धका दृष्य भएकाले यसलाई पिजी सर्टिफिकेट दिनु परेको हो ।

चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चंगा चेटका निर्माता माधव वाग्ले र शर्मिला पाण्डे हुन् ।
यो चलचित्रमा प्रियँका कार्की, सुरक्षा पन्त, आयुष्मान देशराज जोशी, पारमिता राज्यलक्ष्मी राणा, संदीप क्षत्री, माओत्से गुरुङ, रवीन्द्र झा सहितको अभिनय छ । फिल्मलाई निरज कंडेलले छायाँकन गरेका हुन् ।