जय भोलेको व्यापार दुई दिनमा करोड नाघ्यो 


व्युटी न्युज नेपाल

काठमाडौं, १ कात्तिक

बडा दशैं २०७५ को शुभ अबसरमा ३० असोज फुलपातीबाट देशव्यापी सिनेमा हलमा रिलिज भएको चलचित्र ‘जय भोले’ले दुई दिनमा १ करोड ३० लाख रुपैयाँको व्यापार गरेको निर्माण पक्षको भनाई छ ।

निर्माता एवम् निर्देशक अशोक शर्मामा अनुसार फुलपातीको दिन भन्दा अष्टमीको दिन जय भोलले निकै राम्रो व्यापार गर्यो,‘ दर्शकहरुले फिल्म मनपराउनु भएका कारण जय भोलेको व्यापार उत्साहजनक रुपमा बढी रहेको छ । दुइ दिनको ग्रस व्यापार १ कराेड ३० लाख पुगेको छ र आज बिहानको शो देखि नै व्यापार अझै राम्रो देखिएको छ ।’

यसपालीको दशैं जय भोलेसँगै भन्ने नारा सहित रिलिज भएको जय भोलेको व्यापार दिन प्रतिदिन बढी रहेकाले बिजया दशमीको दिन अझै राम्रो हुने पनि निर्माता निर्देशक अशोक शर्माले बताए । उनले अगाडि थपे,‘निकै लामो समयपछि राम्रो सिनेमा हर्न पाएको प्रतिक्रिया दर्शकबाट पाएका छौं । यसले गर्दा हामी अझ बढी उत्साहित छौं र हामी दशैंमा पनि सिनेमा हलमा दर्शकबीच नै हुनेछौं ।’

यो चलचित्रमा खगेन्द्रसँगै सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द चन्द, रामचन्द्र अधिकारीलगायतले मुख्य भूमिका रहेको छ । राजनराज सिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् ।