बुद्धवीर एकल साँझमा घन्किए दर्जन गीत


व्युटी न्युज नेपाल
काठमाडौं ३० भाद्र

आफ्नो आठौं एकल साँझ सहित गीतकार बुद्धबिर लामा राजधानीमा शुक्रबार साँझ प्रस्तुत भए । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित एकल साँझमा अहिलेका चर्चित गायक गायिकाले लामाद्धार लिखित करिब एक दर्जन गीत गए ।

कार्यक्रममा गायक गायिका अपेक्षा बन्यातले आमा तिम्रो माया, कहाँ छ त्यो बालअधिकार, नारायण लामाले त्छो रोल्पा ताल, पार्वती राइले खोटाङ हलेसी, सत्यकला राइले भेटौला मायालु इन्टरनेटमा, तिमीलाई हंङकङ पुर्यायो, शम्भु राइले यो मन भन्छ कहाँ जाउ, चलेछ बतास सुस्तरी, यम बरालले बादलुको घुम्टोले, कुन्ति मोक्तानले मत हिड्छु मेरै बाटो लगायतका बुद्धवीरले नै रचना गरेका गीत प्रस्तुत गरे । गीतकार लामाको जन्मस्थान सुर्यदय नगरापलिकाको बिषयमा निर्माण भएको बृतचित्र समेत प्रदर्शन गरियो ।

‘श्रष्ठा सम्मान २०७५’बाट कार्यक्रममा गीतकार इश्वर श्रेष्ठ, डेउडा गायक नन्द कृष्ण जोशी, साहित्यकार प्रतीक ढकाल, भगवती दाश श्रेष्ठ सम्मानित भए । यस्तै ‘उत्कृष्ट समाजसेवी तथा नागरिक सम्मान २०७५’बाट मिस एसएलसी रोजिना लामा, ‘उत्कृष्ट नागरिक तथा राष्ट्रिय सम्मान २०७५’बाट सुर्यदय नगरपालिका इलामका प्रमुख रणबहादर राई, आयुर्वेदिक चिकित्सक राकेश कुमार सिंह र शिक्षासेवी रामचन्द्र महतो कुशवाह सम्मानित भए ।

त्यस्तै ‘उत्कृष्ट निजामती सेवा सम्मान २०७५’ निमा तेन्जिङ शेर्पा, छविलाल सुवेदी, शिवप्रसाद चापागाई, रेवती रमण तिमल्सेना, मुक्ती प्रसाद आचार्यले प्राप्त गर्दा श्रीमती मुना सिलवाल, इन्दिरा याक्थुम्बाले ‘शैक्षिक सम्मान २०७५’ प्राप्त गरे ।

पुर्व ब्याडमिन्टन खेलाडी तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष किशोर बहादर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७५’ समेत प्रदान गरिएको कार्यक्रमा ‘एथलेटिक्स तथा खेलकुद सम्मान २०७५’ द्धारा पुष्पलाल श्रेष्ठ, भैरवी शाही, कपिल भट्ट, जीतबहादुर केसी सम्मानित भए । सम्मानित सबैलाई पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादर चन्दले ताम्रपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका दिए ।

बुद्धवीरद्धारा रचित गीतहरुको संग्रह एल्बम ‘आमा तिम्रो माया’ समेत बिमोचन गरिएको एकल साँझका लागि संकलित रकम मध्यबाट खर्च कटाएर बढी भएको रकम जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्र फर्पिङ, पवित्र बाल उत्थान केन्द्र चाबहिल र बैकुण्ठ मानन्धर स्र्पोटस् फाण्डेसन काठमाडौलाई प्रदान गरियो । यी संस्थालाई क्रमश २५,२५ र ६० हजार प्रदान गरिएको थियो ।