मञ्जु र सहिमा उत्कृष्ट, ३१ विधामा छायाँ छवि तीज गीत अवार्ड प्रदान


व्युटी न्युज नेपाल
काठमाडौं २६ भाद्र

आफ्नो तीज गीत ‘माइतीको आँगनी…’ बाट गायिका मञ्जु पौडेलले उत्कृष्ट तीज गीतको अवार्ड जितेकी छिन् । यस्तै, उत्कृष्ट तीज गायिको अवार्ड ‘पहिलो नम्बर सुन’ गीतबाट बाट सहिमा श्रेष्ठले जितेकी छिन् । मञ्जु र सहिमा सहित विभिन्न ३१ विधामा कलाकारहरुले तीज अवार्ड जितेका छन् ।

छायाँछवि क्रियसनले पाँचौं छायाछवि तीज म्युजिक अवार्ड–२०७५ मा विभिन्न ३१ विधामा अवार्ड प्रदान गरेको हो । नजिकिँदै गरेको हरितालिका तीजको पूर्वसन्ध्यामा छायाछवि क्रियसनले सोमबार काठमाडौंमा भव्य समारोहबीच यो अवार्ड प्रदान गरियो । अवार्डका लागि प्राप्त करिब ३०० गीतबाट उत्कृष्ट चयन गरेर अवार्ड प्रदान गरिएको आयोजक एवम् बरिष्ट पत्रकार शान्तिप्रियले कार्यक्रममा जानकारी गराए ।
अवार्ड समारोहमा उत्कृष्ट तीज दोहोरी गीतको अवार्ड ‘छड्के तिलहरी’ बाट जनुमा आचार्य र गोकर्ण राना मगरले हासिल गरे ।

उत्कृष्ट तीज दोहोरी गीत गायिका ‘भाइलर’ बाट उमा श्रेष्ठ, तीज दोहोरी गीत गायकको अवार्ड ‘बाँचौं घुमी घुमी’ बाट अमृत खातीले प्राप्त गरे ।

उत्कृष्ट तीज युगल गीत अवार्ड सौता २ बाट लीला कँुवर र चन्द्रा चलाउनेले पाए । यस्तै, ‘नौ डाँडा पारी’ बाट धर्मराज गिरीलाई तीज सामाजिक गीत अवार्ड, ‘सँगिनी’गीतबाट कल्पना कुसुमलाई तीज गीत गायन मोफसल अवार्ड, दिदीबहिनी ‘गीतबाट इन्दिरा रजक र अनिता कुँवरलाई तीज युगल नवगायन अवार्ड प्रदान गरियो ।

यस्तै, उत्कृष्ट तीज गीत लयको अवार्ड ‘माइती देश सम्झेर’ बाट हरि विष्टलाई, उत्कृष्ट तीज दोहोरी गीत लय अवार्ड ‘भदौरे झरी’ बाट रामु खड्कालाई, उत्कृष्ट तीज गीत शब्दको अवार्ड ‘चेलीको आँसु’ गीतबाट कस्तुप पन्तलाई प्रदान गरियो ।

तीज दोहोरी गीत शब्दको अवार्ड ‘छमछम’ गीतबाट शिव हमालले, गायनतर्फ तीज गीत नवगायिकाको अवार्ड ‘कम्मर मर्काउँदै’ बाट प्रमिला पुन, तीज दोहोरी नवगायिकाको अवार्ड ‘खैनीले’ गीतबाट अमृता श्रीपाली, तीज दोहोरी नवगायकको अवार्ड ‘भदौरे झरी’ बाट राम गोपालले हाँसिल गरे ।

यस्तै उत्कृष्ट तीज गीत भिडियो निर्देशन अवार्ड ‘दिदीबहिनी’ गीतबाट विक्रम चौहान, तीज दोहोरी गीत भिडियो निर्देशक अवार्ड ‘छड्के तिलहरी’ बाट राजीवन बलामी, उत्कृष्ट तीज गीत भिडियो नृत्य निर्देशक अवार्ड ‘पाइन्ट लगाऊ कि सारी’ बाट नारायण रिजाल, तीज गीत भिडियो युगल मोडलको अवार्ड ‘माइती देश सम्झेर’ बाट दीपाशा बीसी र टीका जैशीले पाए ।

म्युजिक भिडियोमै तीज गीत सम्पादकको अवार्ड ‘यतै घमाइलो’ बाट वीरेन्द्र भाट विपिन, तीज गीत छायाकारको अवार्ड ‘जान्न फर्केर’ बाट करण चैसिर, तीज गीत मोडलको अवार्ड ‘कति राम्रो’ बाट दीपाशा बीसी, तीज दोहोरी गीत महिला मोडलको अवार्ड ‘चुरिया छई छई’ बाट आरुसी मगर र तीज दोहोरी गीत पुरुष मोडलको अवार्ड ‘एउटा जरुरी कुरा’ बाट निर्मल क्षत्रीले प्राप्त गरे ।

उत्कृष्ट तीज दोहोरी गीत कम्पनी गोरखा चौतारी म्युजिक, उत्कृष्ट तीज गीत कम्पनी रक्षा म्युजिक प्रालिले पाए । यस्तै, उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङको अवार्ड ‘धनगढी थर्काउने’ गीतबाट श्यामश्वेत रसाइली, तीज गीत एरेन्जरको अवार्ड ‘माइतीको आश’ बाट झलक संगीतम र उत्कृष्ट तीज गीत मिक्सिङको अवार्ड ‘माइती देश सम्झेर’ गीतबाट कुमार राना मगरले जितेका छन् ।

यो अवार्डका लागि यसपटक ७ सय वटा गीत प्राप्त भए पनि त्यसबाट उत्कृष्ट चयन गरेर अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए । कार्यक्रममा नाचगान पनि प्रस्तुत गरिएको थियो । अवार्ड समारोहपछि कलाकारले दर खाएर रमाईलो गरे ।