आयो कथा काठमाडौंको लागि हरिबँशको नयाँ गीत


व्युटी न्युज नेपाल
काठमाडौं, ६ भाद्र

१२ असोजबाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र ‘कथा काठमाडौं’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा अग्रज हास्यव्याँग्य कलाकार एवम् गायक हरिवंश आचार्य र बुलेट फ्लोको स्वर छ । सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको छ ।

प्राय आफ्नै फिल्म वा एल्बममा मात्र गीत गाउने आचार्यले यसपटक अन्य ब्यानरका लागि गीत गाएका हुन् । उनले पछिल्लो समय फिल्म ’छ एकान छ’ , ’छक्का पञ्जा २’ लगायतमा पनि गीत गाएका थिए ।

फिल्मको कथा निर्देशक संगीता श्रेष्ठको हो । गीतले फिल्मको मूल कथालाई प्रस्ट्याएको डेब्यु निर्देशक संगीता श्रेष्ठले बताइन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुज सिंहको छायांकन छ ।
फिल्ममा प्रमोद अग्रहरी, प्रियंका कार्की ,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ ।

‘कथा काठमाडु’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाको संगीत छ । फिल्ममा सम्पादन मित्र देब गुरुङले गरेका छन् । यसको भिएफएक्स र कलर भरत रेग्मीले गरिरहेका छन् ।