व्युटी पार्लरको कमाईले घर चलाएकी छु – व्युटिसियन सविना शाही


व्युटी न्युज नेपाल
काठमाडौं २७ साउन

काठमाडौंको टेकुमा हरेको आस्था व्युटी पार्लरकी सञ्चालक हुन सविना शाही । उनी करिब एक दशकदेखि यो क्षेत्रमा सक्रिए छिन् । टेकु क्षेत्रमा रहेको पार्लरहरु मध्य त्यहाँको बासिन्दाको रोजाईको पार्लर आस्था व्युटी पार्लर बन्न सकेको छ ।

यो पार्लर पनि बिगत नौ वर्षदेखि सञ्चालनमा छ । सुरुमा सविनाले यो पार्लर काठमाडौंका न्युरोडमा सञ्चालन गरेकी थिईन् । टेकु आफ्नै क्षेत्र भएकाले सो क्षेत्रका बासिन्दाले टेकुमै पार्लर सञ्चालन गर्न सुझाब दिएपछि न्युरोडपछि टेकुमा आस्था व्युटी पार्लर सञ्चालनमा ल्याएको पनि उनले जानकारी गराएकी छिन् ।

टेकुको आफ्नो पार्लरले त्यो क्षेत्रका सेवाग्राहीहरुलाई फेसियल, हेयर स्टाईल (कटिङ, स्ट्रेटिङ, कर्ली, पर्म, जुरो, कलरिङ, हाईलाईटिङ), स्किन केयर सहितसबै सुविधा दिने गरेको पनि सविनाले जानकारी गराएकी छिन् । यो पार्लरमा नेल र मेहन्दीको स्पेशल सेवा रहेको पनि उनले बताईन् ।

यी व्युटिसियनले नौ वर्ष अघि काठमाडौंको कालिमाटी स्थित आरसी व्युटी पार्लरमा व्युटिकला सम्बन्धि प्रशिक्षण लिएकी थिईन् । त्यसपछि काठमाडौंकै रबी भवन स्थित रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट बार्बर क्लास, नेल आर्ट, सबै प्रकारको मेकअप सम्बन्धि विशेष प्रशिक्षण लिएको पनि सविनाले जानकारी गराईन् ।

त्यसो त सविना सिटिईभिटीबाट फस्ट लेवल परिक्षा उतिर्ण हुन् । आफुले व्युटिसियन सम्बन्ध सबै सिप सिकेर कम्पनी खोली व्यबसायिक रुपमा यो क्षेत्रमा लागेको पनि सबिनाले जानकारी गराईन् । आस्था व्युटी पार्लरमा सेवाग्राहीलाई व्युटी सेवा त उनले नियमित दिँदै आएकी छिन् । त्यहाँ आफुले व्युटिसियन सम्बन्धि प्रशिक्षण पनि दिने गरेको यी व्युटिसियनले जानकारी गराएकी छिन् ।

गत चैतमा बिलक्षण क्रियसन र रोज व्युटीपार्लरद्धारा आयोजित व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८ मा सविनाले ‘मोस्ट व्युटिफुल’को उपाधि जितेकी थिईन् । सविना आफैंमा राम्री व्युटिसियनको रुपमा परिचित छिन् ।

व्युटी पार्लरमा लगानी अनुसारको आम्दानी निकै राम्रो भएको सविनाले जानकारी गराएकी छिन् । उनले चिनेका कतीपय साथीहरु आर्थिक अभावका कारण बिदेश गएका छन् । बिदेशमा रहेर ती साथीहरुले कमाएको भन्दा राम्रो कमाई आफुले काठमाडौंमै आस्था व्युटी पार्लरबाट कमाएको पनि सविनाले जानकारी गराएकी छिन् ।

व्युटिपार्लरको कमाईले पार्लरसँगै घर चलाउन पनि सजिलो भएको सबिनाले बताईन् । उनको आम्दानी प्रति परिवार पनि सन्तुष्ट छन् । आफ्नो आम्दानीले परिवारलाई सघाउन पाएकोमा यो पेशाप्रति आफु पनि खुसी र सन्तुष्ट भएको यि व्युटिसियनले बताएकी छिन् ।

सविनाले व्युटिपार्लर पेशाले थोरै लगानी गरेर राम्रो आम्दानी प्राप्त गर्ने पेशाको रुपमा लिएकी छिन् । अझ आफ्नै पार्लर हुँदा आफ्नै हिसाबले काम गर्न पाईने र अनाबस्यक समस्या झेल्नु नपर्ने पनि यी व्युटिसियनले बताएकी छिन् । व्युटिसियन पेशाले आफुसँगै परिवारमा खुसी ल्याएकाले आउँदा दिनमा पनि यो पेशालाई निरन्तरता दिँदै अघि बढ्ने सविना शाहीले बताएकी छिन् ।