आयो सुनिताको तिज कोशेली क्यारम् मायालाई..


व्युटी न्युज नेपाल
काठमाडौँ, १८ साउन

यसपटकको तिजलाई लक्षित गर्दै गायिका सुनिता अधिकारीले तीजको कोसेली बजारमा ल्याएकी छिन् । उनले आफ्नो यस अघिको तिजगीत पानको मिस्सी…को सफलतापछि आफ्नो आठौं गीतका रुपमा क्यारम् मायालाई…बजारमा ल्याएकी हुन् । शिव हमालको शब्द र लय रहेको गीतको र संगीत संयोजन कृष्ण विकले गरेका छन् ।

गायिका सुनिताले यसपटक एकल स्वरमा यो गीत ल्याएकी छिन् । उनी गीतको भिडियोमा पनि आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र स्रोताहरुको मन जित्न सफल हुने सुनिता बताउँछिन् । उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन् ।

हेर्नुस् भिडियो

यसको भिडियो निर्देशन गणेश पाण्डेले गरेका हुन् । पाण्डे लोकप्रिय बृत्तचित्र निर्देशक हुन् । भिडियोमा प्रकाश भट्टको कोरियोग्राफी आकर्षक छ । राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले यो गीतलाई भिडियोमा उतारेका हुन् । भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन् ।

गीतको अडियो तथा भिडियो निर्माण साइन मिडिया प्रालिले गरेको हो । दृश्य निर्माण साइ भिजन प्रा.लि.ले गरेको हो ।