आमा गुमाउँदाको एउटा गीत, जसले सबैलाई रुवायो


व्युटी न्युज नेपाल
काठमाडौं ११ साउन

एउटा ७ वर्षको अबोध वालक । जसको उमेर नै खेल्नु, चकचक गर्नु र रमाउनु हो । उसले चकचक गरेर आफ्नी आमालाई हैरान पर्छ । यसैक्रममा उसले एक दिन आमा गुमाउनु पर्छ ।

हिन्दु सँस्कार अनुसार त्यो बालकले आमालाई दागबत्ती दिन्छ । अनि सदाका लागि घाटमा बिदाई गर्छ । आफुलाई सबै भन्दा बढी मायाँ गर्ने आमा क्षणभरमै खरानी हुन्छिन् । यस्तो अबस्थामा त्यो बालकमा कस्तो पीडा बित्छ होला ।

हो, यही पीडा बोकेको गीत हो मेरी आमा…। आगामी १५ भदौबाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र मेरी मामुको यही गीतलाई शुक्रबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरियो । गीतको स्थायीमा ती बालकले आफ्नी प्रिय मामु गुमाउँदाको पीडा यसरी व्यक्त गरिएको छ ः

‘जे जे भयो बिती गयो समय त्यो
तिमीलाई चिन्न सकिन छु
तिम्रो मायाँ लत्याई सँधै नै
निर्जिव ढुँगा जस्तो भएछु
खाली भएँ आज म
बिझाउँदैछ मनको छेउ
मलाई माफ गरिदेउ आमा,
मलाई माफ गरिदेउ आमा…’

यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा जब भिडियो प्रदर्शन भयो । पर्दामा गीति दृष्यले बिटमागर्दै गर्दा सञ्चारकर्मीदेखि अन्य अतिथिसम्मले आँसु रोक्न सकेनन् । गीतले साँच्चै सबैलाई भावुक बनाइदियो ।

यस्ताे छ मार्मिक भिडियाे

गीतमा ७ वर्षीय बाल कलाकार आयुव सेनले आमा गुमाउँदाको अबोधपन र मातृत्व बिहिनताको आभाषसँगै एकलपनले उनलाई साह्रै सताउँछ । जुन पीडा पोख्ने माध्यम उनीसँग आँशु मात्र हुन्छ । यही आँसुले गीति दृष्यलाई शसक्त बनाएको छ । गीत सकिँदा जो कोहीलाई पनि आफ्नी आमाको महत्व र ममताको याद गराउँछ । आमाको मायाँमा डुबाउँछ । यी बालकले साँच्चै प्रसँसनीय काम यसमा गरेका छन् ।

चलचित्र प्रेम गीत र प्रेम गीत २ को सफलता पछि निर्माता सन्तोष सेनले निर्माण गरेको चलचित्र मेरी मामुको यो शिर्ष गीत हो । शुक्रबारबाट यो गीत दर्शकमाझ आएको छ । गीतमा बाल कलाकार आयुव सेनसँगै सारुक ताम्राकार र कुसुम गुरुङको अभिनय देख्न पाईन्छ । यो चलचित्रमा अश्लेषा ठकुरी, भुवन चन्द लगायतको पनि अभिनय छ ।

मेरी आमा गीतका रचनाकार रबी मल्ल, संगीतकार कल्याण सिंह र गायक रोहित जोन क्षत्री हुन् ।
यम थापाको यो चलचित्रमा लेखन निर्देशन रहेको छ । पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनको छायाँकन रहेको मेरी मामुको बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादनमा अहिले प्राविधिक कार्य चलिरहेको छ ।