व्युटी न्युज नेपाल
काठमाडौं,११ साउन

नेपाली महिलाहरुको मुख्य पर्व तीजलाई लक्षित गरी तयार गरिएको तिजगीत ‘मैले त मन्त्र पढे तिम्रै नामको….मा अभिनेत्री सारिका घिमिरेले प्रेमिकालाई सम्झेर मन्त्र पढेको दृष्ट देख्न पाईन्छ । यो गीतको भिडियोमा उनी मुख्य मोडल छिन् ।

यस्तो छ भिडियो –

हरि सुवेदीद्धारा निर्मित यो गीतमा एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत छ । घनश्याम खतिवाडाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायिका सारिका घिमिरेले प्रेमीको यादमा कम्मर मर्काएर नाचेकी छिन् ।

नृत्यमा यी अभिनेत्रीलाई निक्लोस अर्यालले साथ दिएका छन् । चलचित्र र म्युजिक भिडियो अभिनयसँगै पछिल्लो समयमा आफूलाई गायन क्षेत्रमा होमेकी सारिकाले आफैंले पनि नयाँ तिज गीत बजारमा ल्याउँदै छिन् ।