व्युटी न्युज नेपाल
काठमाडौं, ११ साउन

पत्रकार सुब्रत आचार्यले आफ्नो निर्देशनमा नयाँ चलचित्र सुश्री सम्पत्तिको हुकुम बक्सियोस गीतलाई दुई दिन अघि ९ साउनमा रिलिज गरेका थिए । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा विशाल राई र मेलिना राइको स्वर रहेको यो गीत युट्युवमा बिस्तारै लोकप्रिय हुँदैछ ।

११ असार दिउँसोसम्म यो गीतलाई २ लाख ८६ हजारपटक दर्शकले हेरिसकेका छन् । यो गीतबाट सुरेश अधिकारी लामो समयपछि चलचित्र संगीतमा फर्किएका हुन् ।

‘गीतलाई दरबारका राजकुमार, राजकुमारी र भारदारको कथा बनाएर प्रस्तुत गरेका छन् । गीतमा सलोन बस्नेत, राजकुमार, सारा सिर्पाली राजकुमारी र बिनोद न्यौपाने यी दुईको सुरक्षाकर्मी (भारदार) को भूमिकामा छन् । गीतलाई पाटन दरबार परिसरमा छायांकन गरिएको हो ।

हेर्नुस् भिडियो –

गीतको शब्द नै त्यस्तै भएकाले राजपरिवारको जीवनशैली याद दिलाउने किसिमले छायांकन गरिएको निर्देशक सुब्रत आचार्यले बताए । करिब ८० भन्दा बढी कोरस रहेको गीतलाई गम्भीर विष्टले नृत्य निर्देशन गरेका छन् । । गीतलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’का अरू निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार छन् । अभिमन्यु निरवी र निर्देशक आचार्यको संवाद रहेको चलचित्रको कथा आचार्य स्वयंले नै लेखेका हुन् ।

सुश्री सम्पत्तिमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेमवर्षा खड्काको पनि अभिनय छ । यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा रहेको निर्देशक आचार्यले बताए ।