ब्युटी न्युज नेपाल
काठमाडौ, ३ साउन

विगत ५ वर्षदेखि आयोजना हुँदै आएको छायाँछवि तीज म्यूजिक अवार्डलेयस बर्षपनि निरन्तरता पाउँने भएको छ । आयोजक छायाछबिले एक बिज्ञाप्ती जारी गर्दै आगामी संस्करणका लागि तीज गीत दर्ता गर्न आब्हान गरेको हो ।

तीजका अवसरमा ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउँन भनेर तीज अवार्ड आयोजना हँुदै आएको कार्यक्रम संयोजक गीता अधिकारीले जनाएकी छिन् ।

खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई उतारिएका गीतले मात्र अवार्डमा सहभागीता जनाउन सक्नेछन् ।

३० विधामा स्रष्टालाई पुरस्कृत गरिने अवार्ड आगामी भाद्र २५ गते एक भव्य कार्यक्रम सहित काठमाडौमा आयोजना गरिने अधिकारीले जानकारी दिएकी छन् ।