सुनिल र अलिशाको मायाँमा टस (भिडियमा हेर्नुस)


व्युटी न्युज नेपाल
काठमाडौं, २ साउन

यही ११ साउनबाट देशव्यापी प्रदर्शनमा आउने भनिएको चलचित्र ‘चि मुसी चि’को नयाँ गीत आउ आज मायाको…को भिडियोलाई रिलिज गरिएको छ । यो गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ । सुरज अधिकारीले यसको शब्द संगीत तयार गरेका हुन् ।

गीतको भिडियोमा अभिनेता सुनिल क्षेत्री र अभिनेत्री अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आँफैले गरेका छन् । गीतमा मायामा क्वाईन टस गर्ने कुरा गरिएको छ । हेड परे पनि टेल परे पनि आफ्नै पक्षमा नतिजा निकाल्ने भाव गीतमा पाईन्छ ।

यो चलचित्रबाट सुनिल र अलिशाले डेब्यू गर्दैछन् । सुनिल र अलिशा दुवै नृत्य क्षेत्रमा चर्चित छन् । सुनिल र अलिशासँगै सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा सुनिल क्षत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् । यसका प्रस्तुतकर्ता अनिल पाण्डे र प्रिन्स युवराज कार्की हुन् ।