दोहोरी साँझ उद्घाटनमा राजेश पायलले भने ‘दोहोरी सुन्न आउँछु’


व्युटी न्युज नेपाल
काठमाडौं ११ असार

लोकप्रिय गायक राजेश पायल राईले काठमाडौंमा एक दोहोरी साँझको उद्घाटन गरेका छन् । युवा नेता तथा समाजसेवी पुर्ण गुरुङले काठमाडौको सुन्धारामा खोलेको दोहोरी साँझ ‘गाउँघर दोहोरी साँझ’को गायक राजेशपायलले शुक्रबार बेलुका रिबन काटेर उद्घाटन गरेका हुन् ।

‘गाउँघर दोहोरी साझ’ उद्घाटनपछि बोल्दै गायक राजेश पायलले सफलताको शुभकामना दिए । आफुले सबैप्रकारको गीत गाउँदै आएको अनुभव सुनाउँदै दोहोरी गीत पनि त्यत्तिकै मन पर्ने राजेशपायलले बताए । फुर्सल मिलेको बेलामा आफु दोहोरी सुन्न आउने बाचा पनि गायक राजेशपायलले गरे ।

दोहारीका सञ्चालक पुर्ण गुरुङले गाउँघर दोहोरी साँझको बारेमा बताउदै नाम जस्तै गाउँघरको याद दिलाउने पारिवारीक जमघटको रुपमा आफुले स्थापित गरेको छु भने । यसमा मिठो खाना र रमाईलो दोहोरीको मजा लिन सकिने पनि उनले जिकिर गरे ।