कायरामा आर्यनलाई चुनौती दिँदै साम्राज्ञी


व्युटी न्युज नेपाल
काठमाडौं, ११ असार

यस अघि प्राय नम्रता श्रेष्ठसँग जोडी बनेर अभिनय गर्दै आएका आर्यन सिग्देल अघिल्लो चलचित्र रुद्रप्रियामा रेखा थापाको जोडी बने । तर त्यो चलचित्र पनि व्यबसायिक रुपमा असफल भएपछि उनी आफैंले निर्माण गरेको चलचित्र कायरामा साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी बनेका छन् ।

आईतबार राजधानीमा एक समारोहबीच चलचित्र कायराको ट्रेलर रिलिज गर्दै आर्यनले कायरामा साम्राज्ञीेले गरेको कामको खुलेर प्रसँसा गरे । चलचित्रमा साम्राज्ञीको काम निकै ससक्त भएको र आफ्नालागि चुनौती समेत भएको आर्यनले बताए । आफुलाई साम्राज्ञीसँग काम गर्न कुनै गाह्रो नभएको पनि उनले बताए ।

चलचित्र क्लासिकबाट फिल्म निर्माणमा लागेका आर्यनले आफुद्धारा निर्मित दोस्रो फिल्म कायरा हो । यो चलचित्र आगामी १८ साउनमा रिलिजको घोषणा ट्रेलर रिलिज गरेका छन् ।

अभिनेत्री साम्राज्ञीले कायराका मुख्य पात्र आफु भएको र चलचित्र निकै राम्रो बनेको जिकिर गरिन् । आफुलाई आर्यनसँग काम गर्न निकै सजिलो भएको उनले बताईन् ।

यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । यस अघि धुवाँ एक नशामासँगै काम गरेको आर्यनले निर्देशनमा फेरी लक्ष्मणलाई कायरमा लिएका हुन् । यो चलचित्रलाई फिलिपिन्समा छायाँकन गरिएको हो ।