राष्ट्रिय श्रष्टा सम्मान कालिप्रसादलाई, वर्ष गीत पुरस्कार सुमन र पवित्रालाई


व्युटी न्युज नेपाल
काठमाडौं, २६ जेठ

गीतकार संघ नेपालले ‘राष्ट्रिय स्रष्टा सम्मान–२०७५’बाट अग्रज गीतकार कालिप्रसाद रिजाललाई सम्मानित गरेको छ । पाँच दशक भन्दा लामो समय देखि निरन्तर गीत लेखनमा लाग्दै नेपाली संगीत क्षेत्रमा योगदान पुर्रयाएको भन्दै संघको स्थापना दिवसको अवसर पारेर शनिबार राजधानीमा एक समारोहबीच सो सम्मान प्रदान गरिएको हो ।

पूर्ब राष्ट्रपति डा. रामबरण यादवले रिजाललाई संघका तर्फबाट दोसल्ला ओढाएर तामपत्र र एक लाख एक रूपैयाँ सहित सो सम्मान प्रदान गरे ।

अमेरिका निवासी गीतकार राखी गौचनलाई पनि सोही कार्यक्रममा पूर्व राष्ट्रपति यादवले ११ हजार रूपैयाँ र तम्रपत्र सहित डायस्पोरा गीतकार सम्मान २०७५ बाट सम्मानित गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा. यादबले नेपाली कला संस्कृतिले सम्पन्न भएको बताए । उनले यस्ता सम्मान एवम् पुरस्कारले श्रष्टालाई प्रोत्साहन गर्ने सुझाब दिँदै पुरस्कृत श्रष्टालाई बधाई दिए ।

२०७४ सालको उत्कृष्ट वर्ष गीत पुरस्कार यस पटक दुई जनालाई संयुक्तको रुपमा प्रदान गरियो । यस्तै ५१ हजार रुपैयाँ राशी सहितको यो पुरस्कार प्रवासको पीडा…गीतबार गीतकार सुमन बैरागीलाई प्रदान गरियो । यस्तै यही पुरस्कार अभिनय गर्दै…गीतबाट गीतकार पवित्रा राईलाई पनि प्रदान गरियो ।

बर्ष गीत पुस्तक पुरस्कार २०७४ पनि दुई जनालाई प्रदान गरियो । ५१ हजार रुपैयाँ राशीको यो पुरस्कार अलग अलत गीति कितावबाट गीतकार जानुका राई र गीतकार सुमन श्रापितलाई प्रदान गरिएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटाले सम्मानित श्रष्टा रिजालको नेपाली गीत लेखनमा अतुलनीय योगदान भएको बताए ।

गीतकार एवं निर्देशक यादव खरेल, गायक एवं संगीतकार दीप श्रेष्ठ र संघका अध्यक्ष चुडामणि देवकोटा लगायतको छनौट समितिले गत साता गीतकार रिजाललाई राष्ट्रिय स्रष्टा सम्मान, गौचनलाई डायस्पोरासम्मान दिने निर्णय गरेको संघका अध्यक्ष देवकोटाले बताए ।