कादम्बरीले ल्याईन कादम्बरी कुञ्ज


व्युटी न्युज नेपाल
काठमाडौं २५ जेठ

गीतकार कादम्बरीदाना श्रेष्ठको एकल रचनामा गीतिसंग्रह ‘कादम्बरी कुञ्ज’ स्रोतामाझ आएको छ । राजधानीमा एक समारोहबीच गीतकार डा.रामविक्रम सिजापति, संगीतकार दीपक जंगम, राजु सिंह, संगीत व्यबसायी सूर्य मगर, एनआरएन अमेरिकाका अध्यक्ष राजा घलेलगायतले राजधानीमा यो सँग्रह बिमोचन गरेका छन् ।

सँग्रहका गीतमा शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन छ । डीएस म्यूजिकका प्रबन्ध निर्देशक डीपी खनालले यसलाई उत्पादन गरेका हुन् । कार्यक्रममा तीन ओटा भिडियो समेत सार्वजनिक गरियो । लैजाउन मलाई…, आमा… र शुभकामना… गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

समारोहमा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन संघलाई रु २१ हजार सहयोग स्वरुप प्रदान गरिन् । यो गीतिसँग्रहमा रहेको गीतमा मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर छ । सँग्रहमा ६ ओटा गीत समावेस छन् ।