पहिलो स्टेज कार्यक्रममा चम्किए अशोक दर्जी


व्युटी न्युज नेपाल
काठमाडौं, २४ जेठ

गायनमा भाइरल भएका बाल कलाकार अशोक दर्जी पहिलो स्टेज कार्यक्रमबाट थप चम्किएका छन् । बुधबार राजधानीको लगनखेलस्थित आर्मि ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुती दिए जहाँबाट सयौंको वाहवाही पाए ।

कार्यक्रममा अशोकले जब गीत गाउँन थाले, सातैं प्रदेशबाट आएका बिभिन्न बिद्यालयका खेलाडीहरुले  तब अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए ।‘मन बिनाको धन ठुलो कि धन बिनाको मन…’ गीत गाएपछि उनको माग धेरै ठाउँमा छ ।

दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुती दिन गएका अशोक र टंकको गायनलाई खेलकुद मन्त्री जगत विश्वकर्माले समेतले रुचाए । मन्त्री विश्वकर्माले उनले सानै उमेरमा यतिठुलो कला भएको भन्दै प्रसंसा समेत गरे । साथै उनले प्रस्तुती दिइसकेपछि अशोक र टंकलाई मायाको चिनो प्रदान गरे ।

अशोकले गीतलाई ट्रयाकमा गाउनेक्रममा केहि बिग्रिएपछि टंक सच्चाउँदै गाएका थिए । पहिलो स्टेज कार्यक्रम भएकोले पनि अशोकलाई ट्रयाकमा गाउन केहि समस्या परेको देखिन्थ्यो । अहिले अशोकका लागी स्टेज कार्यक्रमहरु बढ्नेक्रममा छन् । उनी केहि दिनमा बिभिन्न बाह्य मुलुकमा कार्यक्रमकै लागि जाँदैछन् ।