व्युटी न्युज नेपाल

काठमाडाैं, १२ जेठ

युवा गायक विश्व नेपालीले अाफ्नाे नयाँ गीत  ‘कोरेर मेरो चित्र…’ दशर्कमाफ ल्याएका छन्र । भिडियाे सञ्जाल युट्युवमा उनले भिडियाे रिलिज गरेका हुन् ।  १० बर्षको उमेरबाटै गायन क्षेत्रमा आफूलाई अघि सारेका गायक विश्व पछिल्लो क्रममा देश विदेशका स्टेज कार्यक्रमदेखि फिल्म गायनमा पनि व्यस्त छन् ।

एक फरक परिवेश झल्काएको ‘ट्रेजेडी’ गीतमा विश्वको मिठास स्वर तथा आनन्द राइको संगीत छ । गीतमा गोपाल रसाइलीको एरेञ्ज छ भने शब्द दिनेश दर्शनधारीको हाे ।

गीतको भिडियो पुर्णतः श्यामश्वेत बनाइएको छ । ट्रि इन्टरटेन्मेन्टको तर्फबाट निर्माण भएको गीतको भिडियोमा अभिनेता  नरेन खड्का र सनम घिमिरेकाे अभिनय छ ।  दिपेश सापकोटाको निर्देशन, सुशन प्रजापतिले छायांकनमा भिडियाे तयार भएकाे हाे । जसमा सम्पादन उज्जल ढकालको छ ।

श्याम श्वेत रंगमा तयार गीतको भिडियोलाई कलात्मक बनाइएको छ । प्रेम वियोगमा एक प्रेमीले प्रेमिकाप्रति समर्पित गरेका गीति शब्दलाइ साेही अनुसार भिडियाेमा उतारिएकाे छ ।