व्युटी न्युज नेपाल
काठमाडौं, २६ बैशाख

‘बिर्सन सक्दिन’ र ‘अक्षता’ गीतिसँग्रह ल्याईसकेका गीतकार रोशन भट्टराईले तेस्रो एल्बम ‘आर्या’ स्रोतामाझ ल्याएका छन् ।

राजधानीमा एक समारोहबीच गीतकार रोशनसँगै गायकद्वय आनन्द कार्की र मदन गोपालले एल्बम सार्वजनिक गरे । देशभक्ति र मायाप्रेमका गीत संग्रहित यो एल्बममा के सौन्दर्य हुन्छ फूल…, बिहानी घामको किरण…, नेपालका छोरा हामी… र मायालु मुहार तिम्रो…गीत छन् ।

गीतमा उमेश रेग्मी ‘युमेश’, न्ह्यु बज्राचार्य, डी मर्चाको संगीत र नवीन के भट्टराई, किरण प्रधान, डी मोर्चा, सन्तोष लामाको स्वर छ ।

सँग्रहको दुईगीत के सौन्दर्य हुन्छ फूल… र वीर नेपाली…को भिडियो पनि उनले सार्वजनिक गरिसकेका छन् ।


भिडियो