गायिका सुनिताको पानको मिसी हुकुमको चौका….


 

काठमाडौं, १८ बैशाख

मोडलिङमा समेत चर्चा कमाउदै आएकी लोक गायिका सुनिता अधिकारीको आफ्नो स्वरमा नयाँ लोकदोहोरी गीत पानको मिसी हुकुमको चौकाले…को भिडियो दर्शकमाझ ल्याएकी छिन् ।

दुई दिन अघि भिडियो सञ्जाल युटूब मार्फत रिलिज गरिएको यो भिडियो छोटो समयमै ५० हजार भन्दा बढी पटक दर्शकले हेरिसकेका छन् । गायिका सुनिता र गायक भगीरथ चलाउनेको स्वर रहेको यो भिडियोमा मायाँ प्रेमलाई समेटिएको छ । म्युजिक नेपाल र तिर्सना म्युजिक प्रालिले यसलाई वितरण गरेको हो ।

यसको भिडियोमा सुनिता अधिकारीसँगै रामजी खाँडको अभिनय छ । प्रकाश भट्ट निर्देशित यो भिडियो राजेश घिमिरेले खिचेका हुन् । जसमा विष्णु शर्माको सम्पादन छ ।

लमजुङ धुसेनीकी सुनिताले स्कूले जीवनदेखि नै गीत गाउन थालेकी हुन् । यी गायिकाले यो सहित ७ ओटा गीत बजारमा ल्याइसकेकी छन् । यस अघि सुनिताका मेरो लमजुङ घर…, चौबन्दिको तुना…, तीज गीत झलमल झलमल… लगायतका गीतहरु चर्चित छन् ।

यस्तो छ भिडियो–