नेचर इसेन्स र कलर इसेन्सले १५ वर्षदेखि नेपालीको मन जितेको छ – रमेश उप्रेती


नेपालमा बिगत डेढ दशक देखि सृँगार अन्तर्गत मेकअप र व्युटी केयर अन्तर्गत स्क्रिन केयरमा नेपालीको मन जित्दै आईरहेको कम्पनी हो ‘नेचर इसेन्स’ । यो मल्टिनेशनल कम्पनी नेचर इसेन्सले बिगत १५ वर्षदेखि नेपालमा सेवा दिँदै आएको छ । यो कम्पनीको नेपालका लागि नेशनल म्यानेजरका रुपमा रमेश उप्रेती बिगत ४ वर्ष देखि रहँदै आएका छन् । नेचर इसेन्सको उत्पादन, बितरण र नेपालको अबस्था बारे रमेश उप्रेतीसँग व्युटी न्युज नेपालका लागि गरिएको कुराकानी ः

                                                                                         नेपालमा अहिले नेचर इसेन्स र कलर इसेन्सको उत्पादन सामग्रीको बजार कस्तो छ ?

आजकाल फेशनको क्रम बढेको छ । जस अन्तर्गत फेसियल भन्दा पनि मेकअपतर्फ आकर्षण बढ्दो छ । यसमा महिलाहरु बढी केन्द्रित छन् । त्यसैलाई लक्षित गरेर हामीले नेपाली बजारमा आकर्षण मात्र नभई छालाको स्वास्थ्यलाई पनि केन्द्रित गरी सृँगारको सामग्री व्युटीसेन्सर मेकअप सामग्री र स्किन केयर उत्पादन ल्याएका छौं । यी दुबै उपत्पादनको बजार अबस्था अहिले धेरै नै राम्रो छ । सबैले मन पराएका छन् । हाम्रो नेपालमा कम्तिमा पाँच हजार व्युटी पार्लरहरुले नेचर इसेन्सको सामग्री प्रयोग गर्दै आएका छन् । त्यो बाहेक व्यक्तिगत रुपमा लाखौं ग्राहकले हामीलाई विश्वास गरेर नेचर इसेन्सकोे उत्पादन प्रयोग गर्दै आउनु भएको छ । साथै दिनका दिन हाम्रो बजार बढी रहेको छ ।

                                                                           नेचर इसेन्सको उत्पादन कलर इसेन्सको मेकअप सामग्री केके रहेका छन् ?

कलर इसेन्सको मेकअप सामग्रीमा हाम्रो पुरा प्याकेज नै छ । एउटा व्युटिसियनलाई मेकअपका लागि चाहिने सम्पूर्ण सामग्री मध्य मेकअपको लागि भ्यानिटी बक्स, हेयरको लागि वाईजर, स्किनको लागि सबै प्रकारको फेसियल किटहरु, गर्मीका लागि सनब्लक लोसनहरु र जाडोको मोस्चराईजर क्रिम हामीले प्रस्तुत गर्दै आएका छौं । मुलत हामीले कलर इसेन्स अन्तर्गत मेकअपकोलागि चाहिने सामग्रीहरु सिटिएम (क्लिजिङ, टोनर, मोस्चराईजर), प्राईमर, मेकअप बेस, लुज पाउडर, ब्लन्जर, ब्लसर, आई प्राईमर, आईस्याडो, आई लाईनर, मस्करा, लिपस्टिक (म्याट, मोस्चराईजर) , ब्रिक कम्प्याक्ट, सिमर हाईलाईटर सहित आबस्यक सबै सामग्री प्याकेजमै उपलब्ध गराउँदै आएका छौं । हामीसँग मेकअपको लागि, नर्मल, वाटरप्रुफ सबै प्रकारको सामग्री उपलब्ध छ ।

स्वास्थ्यका हिसाबले नेचर इसेन्सको मेकअप सामग्री कत्तिको स्वास्थ्यकर छ ?

नेचर इसेन्सको उत्पादन प्राकृतिक अबस्थालाई ध्यानमा राखेर निर्माण गरिएको छ । मुलत ‘एरोमा वायल’को बेसबाट उत्पादन गरिएको प्रोडक्ट र सत प्रतिसत साकाहारीसहित केमिकल प्रयोग नगरिएको हाम्रो उत्पादन रहेको छ । स्वास्थ्यसँगै प्रकृतिलाई ध्यानमा राखेर हामीले नेचरसेन्सका उत्पादन ग्राहकमाझ ल्याउने गरेका छौं । नेचर इसेन्सको उत्पदान प्रयोग गर्दा यसले कुनैपनि स्वास्थ्यमा साईड इफेक्ट नगर्ने कुरा हामीले ल्याब परिक्षणबाट प्रमाणित गरेर मात्र बजारमा ल्याएका छौं । विश्वमै बढी बिक्री हुने गोल्ड किट र गोल्ड ब्लिचले नै नेचर इसेन्स कम्पनीलाई चिनाएको छ । कलर इसेन्सको सबै उत्पादन नेचर इसेन्सरकै भएकाले ग्राहकहरुले ढुक्क भएका प्रयोग गर्दा हुन्छ ।

 

नेपाली बजारमा नेचर इसेन्सको उत्पादन अरु उत्पादनसँग कस्तो प्रतिस्पर्धा छ ?

प्रतिस्पर्धा धेरै छ । हाम्रा जस्ता उत्पादन अरु पनि बजारमा छन् । तर नेपालमा हामी अरु उत्पादन भन्दा धेरै नै पुराना र विश्वासी पनि हौं । हामीले बिगत डेढ दशक देखि पुरा नेपालको विश्वास जित्दै आएका छौं । त्यसको हिसाबले पनि नेपालीहरुको रोचाईको कस्मेटिकमा हामी पर्छौं ।

 

आजकाल यस्ता उत्पादनले व्यापक स्किम दिने गरेको छ । तपाईहरुले स्किमलाई कत्तिको महत्व दिने गर्नु भएको छ ?

नेचर इसेन्स तथा कलर इसेन्सले स्किम भन्दा पनि उत्पादनको गुणस्तरलाई बढी प्राथमिकता दिने गरेको छ । हाम्रोमा पनि यो प्रतिस्पर्धा मुलक बजारमा स्किम छ । तथापि हामीले स्किमसँगै हाम्रो उत्पादनमा क्वालिटी र क्वान्टिटी अर्थात गुणस्तर र मात्रा दुबैलाई विशेष ध्यान दिँदै आएका छौं । त्यसैले एकोहोरो रुपमा राम्रो स्किम पायौं भन्दैमा त्यता नलागी सम्बन्धित उत्पादनको क्वालिटी र क्वान्टिटीसँगै निरन्तरतालाई पनि ध्यान दिन हामी हाम्रा ग्राहकलाई अनुरोध गर्दछौं ।

तस्बिर– तिलक कार्की, व्युटी न्युज नेपाल