भिडियोमा यस्तो देखियो ब्ल्याकको पल पल..


काठमाडौं, १८ चैत

आगामी ११ जेठबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘ब्ल्याक’ दोश्रो गीत पल पल हरपल…को भिडियो आईतबार राजधानीमा एक समारोहबीच पत्रकारबीच सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा स्वर सुगम पोखरेलको छ भने संगीत महेश खड्काको छ । डा. कविराज बान्तवाले यो गीत लेखेका हुन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

यसको भिडियामा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचलको अभिनय छ । गीतको भिडियोमा अभिनेता आकाशको अभिनय प्रसँसनीय बनेको छ । गीतको भिडियो आफैंमा आकर्षक हुनमा मुस्ताङको सुन्दर दृष्य पनि हो । गीतलाई भिडियोमा छायाँकार रामशरण उप्रेतीले निकै सुन्दर रुपमा उतारेका छन् ।

 

हेर्नुस भिडियो –

आफ्नो चलचित्र प्रेमकथामा आधारित रहेको कुरा यो गीतको भिडियोले नै प्रष्ट्याउने यो चलचित्रका निर्देशक प्रदीप श्रेष्ठले भिडियो रिलिज कार्यक्रममा बताए ।

यो चलचित्रमा आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको कलाकारको अभिनय छ । चलचित्रलाई ब्ल्याकमा आष्मा पाण्डे निर्माता रहेकी छिन् । भिडियो आकर्षक बनेकोमा आष्माले खुसी व्यक्त गरेकी छिन् ।