गर्मीका लागि उपयुक्त सनग्लास

– जयन सुब्बा मानन्धर

काठमाडौं, १८ चैत

गर्मी मौसममा नभै नहुने एक्सेसरिज हो सन ग्लास । सन ग्लास (गर्मी लक्षित सितल चश्मा) युवा पिंढी माझ लोकप्रिय फेशन पनि बन्दै आएको छ ।

 


चर्को गर्मी मौसममा नचाहेर पनि कामकाजी महिलाहरुलाई घरबाट निस्कनु पर्ने हुन्छ । यस्तो अवस्थामा सूर्यको बिकिरण ( अल्ट्रावायलेट) सोझै अनुहारमा पर्ने हुन्छ्र । यस्ता विकिरणको प्रत्यक्ष असर हाम्रो आँखामा पर्ने गर्दछ ।

अर्को तर्फ यस्ता विकिरणले अनुहारको छाला पुरै डढ्ने गर्दछ । सूर्यको बिकिरण ( अल्ट्रावायलेट) आँखाको लागि हानिकारक हुने भएकोले गर्मी मौसममा चस्मा (सनग्लास )को प्रयोग जरुरी हुन्छ । जसको प्रयोगले आँखालाई सुरक्षा गर्न सकिन्छ ।

चर्को घाममा चस्मा नलगाई घरबाट बाहिर निस्केमा कतीपयलाई आँखा पोल्ने, रातो हुने, आँसु आउने, रिंगटा लाग्ने समस्या हुने गर्दछ । यस्तो अबस्थामा आँखा खुम्च्याएर हेर्ने बानी हुन्छ । जसले गर्दा आँखाको तलपट्टी धर्साहरु बस्ने गर्दछ । यसले मुहारको सुन्दरता बिग्रने गर्दछ ।

 

त्यसैले पनि अहिलेको गर्मी मौसममा सनग्लासेस अत्यन्त जरुरी छ । त्यसोत सनग्लासेसको फेशन दिनप्रतिदिन लोकप्रिय हुँदै गइरहेको छ । फेशन एव आवश्यकताको लागि प्रयोग हुने भएकोले बालबालिका देखि लिएर सबै उमेर र समुहबीच सनग्लासको क्रेज रहने गरेको छ। अझ हिजो आज बजारमा विभिन्न प्रकार र स्वरुपका सनग्लासेसहरु किन्न पाइन्छ । सस्तोमा एक सय रुपैया देखि लिएर महंगोमा ३०, ४० हजार रुपैयाँसम्म पर्ने ब्रान्डेड सनग्लासहरु उपलब्ध छन् ।

बिशेषगरी घाममा प्रयोग गरिने चस्मा बिभिन्न किसिमको हुन्छ । जस्तै फोटो क्रोमेटिक लेन्स, ग्रेडीएड टिस्ट इन्डेक्स, प्लास्टिक, पालिकार्बोनेट्स आदि घामलाई लक्षित गरेर बनाईएका सनग्लास हुन् ।

 

फोटो क्रोमेटिक लेन्स घाममा गाढा देखिने र अँध्यारो एवम् छायाँमा सामान्य रंगमा परिणत हुने सनग्लास हो । घाम एवम् छायाँमा धेरैपटक ओहोर दोहोर गर्नेहरुका लागि फोटोक्रोमेटिक लेन्सको प्रयोग उपयुक्त मानिन्छ ।
बिगतका दिनहरुमा सनग्लास एउटै रँगमा पाईन्थ्यो । आजकाल बजारमा डबल शेडवाला सनग्लास ट्रेण्ड फेशनमा रहेको छ ।

डबल शेड भएको सनग्लासमा एउटा शेड लाइट र अर्को शेड डार्क हुने गर्दछ । डबल शेड भएको सनग्लास आकर्षक हुनका साथै रँग बदलिने भएकोले घाम र छायाँ दुबैका लागि यो उपयुक्त मानिन्छ । यस्तो सनग्लासहरु गाढा हरियो र फिक्का हरियोसँगै साथै रातो एवम् कलेजी रँगका सनग्लास सबैभन्दा बढी प्रयोगमा रहेको छ । कालो रँगको सनग्लास सदाबहार रँगमा पर्दछ ।

 

आजकाल मेटल सनग्लासहरु कम प्रयोग हुन थालेको छ । अहिले प्लास्टिक तथा फाईबरका सनग्लासेसहरु बढी चलन चल्तीमा छन् । प्लास्टिक फ्रेमको बिशेषता भनेको हलुका हुनु हो । यसको रँग र स्याडो धेरै नै आकर्षक रहने गरेको छ । यहि आकर्षक रुपले गर्दा नै यस्ता सनग्लासहरु अहिले युवापुस्ताहरु माझ लोकप्रिय बनेको छ । यस्तै प्लास्टिकको सनग्लासहरु हलुका हुने भएकोले पनि यस्ता सनग्लासलाई धेरैले रुचाउँदै आएका छन् ।

 

मोडल – रुपा गर्भुजा

तस्बिर – कमल श्रेष्ठ