विपिन कार्की र श्रृजना सुब्बाले यस बर्षको उत्कृष्ट कलाकारबाट सम्मानित


तिलक कार्की
काठमाण्डौ, १६ चैत

आज राजधानीमा फान अवार्ड कार्यक्रममा संम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रममा माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता, फिल्मकर्मी, व्यवसायी, पत्रकार तथा सुरक्षा निकायका विशिष्ट व्याक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नाम चलेका कलाकारहरुले दर्जन बढी फिल्मका गीतमा नृत्य प्रस्तुत गरेका छन् ।

चलचित्र कलाकार संघले दोस्रो पटक आयोजना गरकेो ‘फान अवार्ड २०७३’ तर्फ उत्कृष्ट फिल्मको अवार्ड ‘छक्का पञ्जा’ ले जितेको छ । उत्कृष्ट निर्देशक विधा तर्फ भने ‘गाजलु’ बाट हेमराज विसीले अवार्ड पाएका छन् ।

यस्तै, विपिन कार्कीले ‘जात्रा’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जित्दा ‘डाइङ क्याण्डल’ बाट श्रृजना सुब्बाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा २४ विधामा अवार्ड वितरण गरियो ।

यसैबीच दिर्घ साधना सम्मान तर्फ वरिष्ट कलाकार नीर शाहलाई प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले दोसल्ला ओडाउँदै शाहलाई १ लाख ११ हजार १ सय ११ धनराशीसहित सम्मानपत्र प्रदान गरे । चलचित्र पत्रकार द्वय लक्ष्मण सुवेदी र ध्रुव लम्साललाई ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गरियो ।

‘फान अवार्ड २०७३’ का बिजेताहरु यसप्रकार छन् :

उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी (छक्का पञ्जा)
उत्कृष्ट फिल्मः छक्का पञ्जा

 


उत्कृष्टः निर्देशकः हेमराज बिसी (गाजलु)
उत्कृष्टः अभिनेताः विपिन कार्की (जात्रा)


उत्कृष्ट अभिनेत्रीः श्रृजना सुब्बा (डाइङ क्याण्डल)


उत्कृष्ट नव-निर्देशकः दीपाश्री निरौला (छक्का पञ्जा)


उत्कृष्ट नव-नायकः आर्यन अधिकारी (के म तिम्रो होइन र)
उत्कृष्ट नव-अभिनेत्रीः सृष्टि श्रेष्ठ (गाजलु)
उत्कृष्ट सह-अभिनेताः जितु नेपाल


उत्कृष्ट सह-अभिनेत्रीः बर्षा राउत
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त (किस्मत २)
उत्कृष्ट चरित्र अभिनेत्रीः गौरी मल्ल (के म तिम्रो होइन र)
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे (छक्का पञ्जा)
उत्कृष्ट खलपात्रः दीपकराज गिरी (छक्का पञ्जा)
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल (छक्का पञ्जा)


उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन (जय परशुराम)
उत्कृष्ट सम्पादनः मित्र डी. गुरुङ (जात्रा)
उत्कृष्ट छायांकनः रविन आचार्य (डाइङ क्याण्डल)
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल (शब्द- हरपल रुवाउँछ)

उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा (पुरानो डुङ्गा- नीर)


उत्कृष्ट गायिकाः मीना निरौला (लुट २- ठमेल बजार)
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी (छक्का पञ्जा- पूर्व पश्चिम रेल)
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज (छक्क पञ्जा- पूर्व पश्चिम रेल)

फोटो फिचर :- अनिश शाही