मनाङ्गे नानी को पोष्टर सार्वजनिक


राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले २०७५ को बैशाख १४ गतेलाई प्रदर्शन मितितय गर्दै फिल्म ‘मनाङ्गे नानी’ को फर्स्टलुक दुई रोमान्टिक पोष्टर सार्वजनिक गरिएको छ ।

‘मनाङ्गे नानी’ को पोष्टरमा अभिनेता भिम गुरुङ र अभिनेत्री शान्ती गुरुङ रोमान्टिक मूडमा देखिएका छन् । यस फिल्ममा रिया गुरुङ, जेनिशा गुरुङ, कुशल गुरुङ, जेनिशा गुरुङ, खुशी गुरुङलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ ।

मनाङको आसपासमा खिचिएको फिल्ममा कथा, पटकथा तथा संगीत निर्देशक खुस बहादुर गुरुङको छ । यसलाई गौतम गुरुङ, सोलेबहादुर गुरुङ, भिमराज गुरुङ र टिकामाया गुरुङले मिलेर निर्माण गरेका हुन् ।

सुभेच्छा फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित उक्त फिल्ममा श्रीकृष्ण फुयाँलको छायांकन, जनक गुरुङको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।