नेप्टेले ल्यायो आँखा छ चिम्रो…


काठमाडौं, १५ चैत

आगामी ३० चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने भनिएको चलचित्र ‘नेप्टे’ को तेस्रो गीत आँखा छ चिम्रो…को भिडियो निर्माण पक्षले रिलिज गरेको छ ।

सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज गरिएको यो गीतको भिडियोमा चलचित्रका अभिनेता रोहित रुम्बा, अभिनेत्री पूर्णिमा लामा, कलाकार बुद्धी तामाङ, अर्जुन गुरुङले अभिनय गरेका छन् ।

चलचित्रमा खल चरित्र निर्वाह गरेको अभिनेता दयाहाङ राई यो गीतमा देखिएका छैनन् । यो गीतलाई भिषण राई र दिपा लामाले गायका हुन् । गीतको शब्द, संगीत रोहित रुम्बाकै हो । यो गीतको भिडियोलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । फिल्मलाई निर्देशक देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

जसमा किरण माइकलको पटकथा एवम् संवाद, रोहित रुम्बाको निर्माण, हरी घले लामाको छायाँकन छ । योे फिल्ममा छुल्ठिम गुरुङ, जयकिशन बस्नेत, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यस्तो छ गीतको भिडियो ः