दुई लाईन गीतको मूल्य ११ लाख, प्रहरी नियन्त्र मुक्त भए कृका निर्माता सुवास


तिलक कार्की
काठमाडौं, १४ चैत

उकालीमा अघि अघि
ओरालीमा पछि पछि यो केटा के भाको…

चलचित्र सम्झनको यो गीतको मात्र यी दुई हरफको मूल्य ११ लाख रुपैयाँ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
तर चलचित्र ‘कृ’को एउटा गीतमा निर्माण पक्षले यो दुई लाईन गीत राख्दा ११ लाख रुपैयाँ क्षतीपूर्ति दिनु परेको छ । गीत चोरी गरेको आरोपमा एक रात प्रहरी नियन्त्रणमा समेत बस्नु परेको छ ।

कृमा यो दुई लाईन गीत राखेबापत चलचित्र सम्झनाका निर्माता शम्भु प्रधानले कृका निर्माताबाट क्षतिपूर्ती स्वरुप ११ लाख रुपैयाँ पाएका छन् ।

 

‘कृ’ का निर्माता सुवास गिरी

चलचित्र कृमा आफ्ना फिल्म सम्झनाको चर्चित गीत उकालीमा अघि अघि…लाई जस्ताको तस्तै चोरी गरेर राखिएको भन्दै निर्माता शम्भु प्रधानले तीन साता अघि महानगरीय प्रहरी परिसर हनुमान ढोकामा कृका निर्माता सुवास गिरी बिरुद्व प्रतिलिपि अधिकार हनन् सम्बन्धि जोहेरी दिएका थिए । कृमा यो गीतमा अनमोल केसी र अदिती बुढाथोकीले अभिनय गरेका थिए ।

सो सो जाहेरी पर्दा चलचित्र कृ प्रदर्शन गर्न निर्माता गिरी जापान पुगेका थिए । गिरी काठमाडौं फर्किएपछि उनलाई मँगलबार दिउँसो महानगरीय प्रहरी परिसर हनुमान ढोकाले नियन्त्रणमा लिएर एक रात राख्यो ।

निर्माता संघले  गर्यो पहल

 

अनमोल केसी र अदिती बुढाथोकी

नेपाल चलचित्र निर्माता संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीको संयोजन र निर्माता अशोक शर्मा सहित विभिन्न चलचित्रकर्मीहरुको पहलमा बुधबार दिउँसो कृका निर्माता सुवास गिरी र सम्झनाका निर्माता शम्भु प्रधानबीच प्रहरी परिसरमै बार्ता भयो । बार्तामा लामो बार्गेनिङपछि ११ लाख रुपैयाँ क्षती तिर्न निर्माता सुवास गिरी तयार भएपछि आपसी कुरा मिलेको हो ।

निर्माता गिरीले सो गीत कृमा राखे बापत ११ लाख रुपैयाँ क्षतिपूर्ति तिर्दै नेपालमा कृ प्रदर्शन गर्दा यो गीतलाई प्रयोग नगर्ने सम्झौता निर्माता शम्भु प्रधानसँग गरे । सो सम्झौतापछि निर्माता गिरी बुधबार अपरान्हबाट प्रहरी नियन्त्रण मुक्त भएका छन् ।

यस कारण राखियो यो गीत

चलचित्र सम्झनामा भुवन केसीले नायकको भूमिका निर्वाह गरेका थिए । संगीतकार अल्मोडा राना उप्रेतीले उकालीमा अघि अघि…गीतलाई प्रयोग गर्दै कृका लागि नयाँ गीत बनाएपछि कृका निर्माता समेत रहेका भुवन केसीले आफुले अभिनय गरेको सम्झनको दुई लाईन गीत राख्दा के नै फरक पर्ला र भन्दै फिल्ममा प्रयोग गरे ।
चलचित्र कृ ले राम्रै कमाई गर्यो । आफ्नो फिल्मको गीत आफुलाई नसोधी फिल्ममा राखेको देखेपछि शम्भु प्रधानले कृका मुख्य निर्माता सुवास गिरी बिरुद्ध कृको कुल आम्दानीको आधा पाउनु पर्ने दाबी सहित महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए ।

यही कारण रञ्जितले शम्भुलाई दिए पुरा अधिकार

शम्भु प्रधान

सोही जाहेरीको आधारमा मँगलबार निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यो गीतका बास्तविक सर्जक संगीतकार रन्जित गजमेरले गीतको सम्पूर्ण अधिकार सम्झनाका निर्माता शम्भु प्रधानमा निहित रहेको कागज गरेपछि सोही कागजको आधारमा उनले जाहेरी अघि बढाएका हुन् । सोही जाहेरीको आधारमा सम्झनाको गीत उकालीमा अघि अघि…लाई जस्ताको तस्तै प्रयोग गरेको प्रष्ट भएपछि ११ लाख रुपैयाँ जरिवाना तिरेर यो प्रकारण बुधबार मिलाएका हुन् । यो गीतका रचना कुशम गजमेरले गरेकी हुन् । दिवँगत गीतकार कुशम गजमेर यही गीतका संगीतकार रञ्जित गजमेरकी श्रीमती हुन् ।