पूर्व प्रधानमन्त्री झलनाथलाई मन पर्यो शत्रु गते


काठमाडौं, १३ चैत

शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र शत्रु गते हेरेर नेकपा एमालेका पुर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, एमाले उपाध्यक्ष भिम रावल सहितका नेताले मनोरञ्जन लिएका छन् ।

राजधानीको बागबजारमा रहेको सिटी म्याक्स सिनेमा हलमा पूर्व प्रधानमन्त्री खनाल, उपाध्यक्ष रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, साँसद जीवनराम श्रेष्ठ लगायतले यो फिल्म हेरेका हुन् ।

फिल्म हेरेपछि पूर्व प्रधानमन्त्री खनालले शत्रु गते निकै रमाइलो बनेको र हाँसोले भरिएको बताए । निकै आधुनिक चलचित्र बनेको शत्रु गतेको चर्चा सुनेर आफु हेर्न आएको खनालले बताए । फिल्म मन परेकैले सम्पूर्ण समय बसेर फिल्म हेरेको प्रतिक्रिया दिँदै शत्रु गतेले मनोरंजनसंगै संदेश पनि दिएको उनले जिकिर गरे ।

उपाध्यक्ष भिम रावलले फिल्म रमाइलो बनेको बताउँदै मदनकृष्ण श्रेष्ठ र हरिबँ आचार्यको काम तारिफ योग्य भएको प्रतिक्रिया दिए । यो चलचित्रका कलाकारहरु हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई लगायत पनि सो हलमा नेताहरुलाई भेट्न पुगेका थिए ।

 

यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । यसका निर्माता किरण केसीले शत्रु गतेले प्रदर्शनीको तेस्रो दिन आईतबारसम्म नै ३ करोड २७ लाख बराबरको व्यापार गरिसकेको बताए । दर्शकले सिनेमालाई धेरै रुचाएको उनको कथन छ ।

यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।