भैरेको सह निर्माता मै हुँ, हटाईएको चर्चा गलत हो – यम बराल


काठमाडौं, १३ चैत

तीन दशक लामो गायन यात्रासँगै चलचित्र भैरेबाट सह निर्माता बनेका गायक यम बराल चलचित्र निर्माणमा फर्किएका छन् । चलचित्र भैरेको दुई साता अघि काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा सो चलचित्रका एक निर्माताले भैरेबाट सह निर्माता यम बराललाई हटाईएको घोषणा गरेका थिए । यम बराल आफैंले सह निर्माताको रुपमा मलाई नराख्नु भनेपछि हामीले हटाएका हौं भन्ने प्रतिक्रिया ति निर्माताले दिएका थिए ।

तर मंगलबार राजधानीमा आयोजित चलचित्र भैरको नयाँ गीत सनम मायाँ…को रिलिज कार्यक्रममा सह निर्माताको रुपमा यम बराल प्रस्तुत भए । कार्यक्रममा उनले यसै बिषयमा भने,‘टिमका एक दुई जना साथीहरुसँग व्यक्तिगत इगोका कारण त्यो समस्या आएको मैले देखें । तर म पहिला देखि अहिलेसम्म पनि चलचित्र भैरेको सह निर्माता नै हुँ र फेरी यही टिमले निर्माण गर्ने अर्को चलचित्रमा पनि म सह निर्माताकै रुपमा रहने छु ।’आफुहरु बीचको सामान्य बिबाद पनि मिली सकेको उनले प्रस्ट्याए ।

काम गर्दै जाँदा साथीहरुबीच कहिले काही सामान्य मन मुटाब हुनुलाई आफुले स्वभाविक रुपमा लिएको सह निर्माता एमब् गायक बरालले बताएका छन् ।

भैरेको सनम मायाँ लाको…गीतको रिलिजकै लागि काठमाडौं आएका यम १४ चैतमा अमेरिका फर्कँदैछन् । उनले चलचित्र भैरेको आफु आधिकारिक सह निर्माता रहेको पनि पत्रकारलाई पटक पटक बताए । अघिल्लो गीत रिलिजको कार्यक्रममा आफु नुवाकोट महोत्सबमा अतिथि भएकाले आउन नसकेपछि म यो फिल्मको निर्माणमा छैनकी भन्ने भान एकाध साथीलाई परेको पनि यमले बताए ।

आफु बिगत तीन दशक भन्दा लामो समय देखि चलचित्र एबम् चलचित्र संगीतसँग आबद्ध भएकाले चलचित्र निर्माणमा पनि आएको उनले प्रष्ट पारे ।
चलचित्र भैरेको सह निर्माता बारेको बिबादका सम्बन्धमा यम बरालले व्युटी न्युज नेपालसँग प्रत्यष अन्तरवार्तामा यस्तो प्रतिक्रिया दिए –