लिली बिलीले नयाँ गीतसँगै प्रियँकालाई गर्यो रिलिज


 

काठमाडौं, ११ चैत


यस अघि लिली बिलीको रिलिज भएको दुई गीतमा प्रियंका कार्की देखिएकी थिईनन् । अभिनेत्री प्रियंका कार्कीलाई बल्ल चलचित्र ‘लिली बिली’ टिमले भिडियो मार्फत सार्वजनिक गरेको छ । उनी र प्रदीप खड्काले अभिनय गरेको नयाँ गीतको भिडियो आईतबार राजधानीको बिग सिनेमामा एक समारोहबीच रिलिज गरिएको हो ।

नयाँ वर्षको अबसरमा आगामी ३० चैतबाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र लिली बिलीको हावा सरी…गीतको भिडियो रिलिज गरिएको हो । दीपेन्द्र घिमिरेले लेखेको यो गीतमा एसडी योगीको संगीत छ । गीतलाई मेनुका पौडेलसँग एसडी आफैंले गाएका हुन् ।

यो भिडियो टर्कीको स्तानबुलमा खिचिएको हो । लिली बिलीको आईतबार रिलिज गरिएको यो तेस्रो गीत हो । यस अघि दुई ओटा गीत रिलिज गरिएको थियो । ति दुबै गीतले चर्चा बटुलीरहेको छ ।

यो गीतको भिडियोमा त्यहाँका पुरातात्विक धरोहर देखि विभिन्न सुन्दर स्थानलाई उतारेर भिडियोको रुपमा ल्याईएको छ । गीतमा अभिनेत्री प्रियँका कार्की र अभिनेता प्रदीपको प्रेमभाव प्रस्तुत गरिएको छ । जर्नी भिडियोको रुपमा तयार गरिएको यसमा चरित्रसँगै स्थानलाई पनि त्यत्तिकै महत्व दिएको देखिन्छ ।

भिडियो सार्वजनिक समारोहमा यो चलचित्रका तीन जना मुख्य कलाकार प्रदीप खड्का, प्रियँका कार्की र जसिता गुरुङले लिली बिलीमा काम गर्दाको अनुभव सुनाए ।

लिली बिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । लिली बिलीलाई गोबिन्द शाही, सुदीप खड्का र मिलन चाम्सले सँयुक्त निर्माण गरेका हुन् ।

 

 

हेर्नुस् भिडियो ः