सोनम कपुर अप्रिलमा आनन्दसँग विवाह गर्दै


मुम्बई, एजेन्सी, १० चैत

बलिउड अभिनेत्री सोनम कपुरले आफ्नो प्रेमी आनन्द आहूजासंग चाँडै विवाह गर्ने भएकी छिन् । उनकी काकी श्रीदेवीको देहान्तको मासिकी कार्य सकिएर कपुर परिवार दैनिक जीवनमा फर्किएका छन् । यसै क्रममा यी दुईले विवाह गर्ने निष्कर्ष निकालेका हुन् ।

अब यी जोडीले अप्रिलको दोस्रो साता विवाह गर्ने भएका छन् । उनीहरुको पारिवारिक स्रोतका अनुसार आगामी १० या १२ अप्रिलमा सोनम र आनन्द दाम्पत्य जीवनमा बाँधिने छन् ।

 

भारतमा फेशन तथा लाईफ इन्टरप्रेटरका रुपमा परिचित आनन्द आहुजा दिल्लीका व्यापारी हुन् । आनन्दसँग प्रेम सम्बन्धमा रहेकी सोनमको गत तिहारमै टिको टालो हुने कुरा चलेको थियो । तर त्यत्तिबेला टिको टालो हुन सकेन् । मुम्बई मिररको रिपोर्ट अनुसार यी जोडीको विवाहका लागि सोनमका बुबा अभिनेता अनिल कपुर, काका संजय कपुरसहित कपुर परिवार सकरात्मक छन् ।