सुनकेसरी ट्रेलरको सार्वजनिक, पाइयो फरक स्वाद


काठमाडौ,८ चैत

नायिका ऋचा शर्मा निर्मित तथा अभिनित नयाँ फिल्म ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरिय हरर फिल्म बनाएको बताइन् ।

उनी भन्छिन्, ‘अब सेतो साडी लगाएर दर्शक तर्सिदैनन् । हरेक कुरा नेचुरल हुनु पर्छ । यो फिल्मले जबर्जस्ती दर्शक तर्साउँदैन ।’

अर्पण थापा निर्देशित यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।

उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ ।

जेठ ११ गते प्रदर्शन हुने फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ ।

फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

ट्रेलर हेर्नुहोस् :-