गीतिसंग्रहसँगै आयो तिमी संगको शिर्ष गीत


काठमाडौं, ७ चैत

२३ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र ’तिमी सँग’ को बुधबार राजधानीमा एक कार्यक्रमका बिच शिर्ष गीत पाईला बनु छाँया बनु तिमी सँग…लाई भिडियोमा रिलिज गरिएको छ ।

यो चलचित्रको बाँकी गीत समेट समेटेर गीतिसँग्रह समेत सो कार्यक्रममा बिमोचन गरियो । कलाका निर्देशक दीपाश्री निरौला तिमी सँगका निर्देशक शिषिर राणा र कलाकारहरुले संयुक्त रुपमा गीतिसँग्रह बिमोचन गरेका हुन् ।

सार्बजनिक गीतमा लेखु सहयात्रीको शब्द रहेको छ, भने राहुल मुखर्जीको संगीत रहेको छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको आवाज रहेको छ ।

फिल्मको प्रदर्शन मिती नजिकिदै गर्दा र अघिल्ल्ला दूई गीत र ट्रेलरले निकै चर्चा पाई रहदा आज सार्बजनिक भएको गीतले चलचित्रलाई झन् उर्जा थप्ने निर्माण पक्षको विश्वास छ ।

यो चलचित्रका मुख्य कलाकारमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन छन् । निर्देशक शिशिर राणा पनि मुख्य भूमिकामा छन् । यसका कथा तथा निर्माण पनि निर्देशक राणाकै हो ।