तीन पोष्टर ल्यायो लिली बिलीले, अटिनन् प्रियँका


 

काठमाडौं, ७ चैत

३० चैतबाट दर्शकमाझ आउने प्रदिप खड्का अभिनित प्रतिक्षित चलचित्र ‘लिलिबिली’ले प्रदर्शनको तीन साता अघि बुधबार तीन ओटा पोष्टर सार्वजनिक गरेको छ ।

 


बु्धबार रिलिज गरिएको यो फिल्मको तीन ओटै पोष्टरमा लिली बिलीको दुई मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई स्थान दिईएको छ । यो तीन ओटा पोष्टर नै दर्शकमाझ आउने यसका निर्माता गोबिन्द शाहीले जानकारी गराएका छन् ।

यो चलचित्रकी अर्की मुख्य अभिनेत्री प्रियँका कार्कीलाई पोष्टरमा लुकाईएको छ । प्रियँकालाई ट्रेलर लगायतको प्रचार सामग्रीमा पनि त्यत्ति ठुलो स्थान दिइएको छैन । निर्माण पक्षका अनुसार यो चलचित्रमा प्रियँकाका धेरैकुरा सस्पेन्स राखिएको छ । उनलाई ट्रेलर लेखि फस्ट लुक्ससम्ममा लुकाउनुको कारण दर्शकले सिनेमा हेरेपछि बुझ्ने निर्माण पक्षको विश्वास छ ।

चलचित्रका अन्य कलाकार अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायत हुन् । यो चलचित्रको प्रचारलाई लक्षित गरेर पोष्टर रिलिज गरिएको हो । यस अघि यो चलचित्रको दुई ओटा गीत र ट्रेलर यस अघि नै रिलिज भईसकेको थियो भने अहिले फस्ट लुक्स सार्वजनिक गरिएको हो ।

 

यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो स्कटल्याण्ड, स्तानबुल, काठमाडौं लगायतका स्थानमा छायाँकन गरिएको हो । लिली बिलीलाई काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टले सँयुक्त निर्माण गरेको हो । जसमा मिलन सहित गोविन्द शाही र सुदिप खड्काको लगानी छ ।