काठमाडौ, ६ चैत

चैत ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र शत्रु गतेले युनिभर्सल सर्टीफिकेट पाएको छ । चलचित्र शत्रु गतेको फाइनल प्रिन्ट हेर्ने क्रममा हरिबंश आचार्य रोएका हुन् । सो क्रममा दीपाश्री निरौला र निर्देशक प्रदीप भट्टरार्इृको पनि आँखामा आँशु अडिएन ।

हरिबंश भन्छन- ‘ मैले धेरै बर्षको मेहेनत पछि शत्रु गतेमा निर्माण गरेको छु, सबै एकभन्दा एह राम्रो कलाकार राखेर चलचित्र निर्माण गरेरको छु, मैले आफ्नो सन्तान भन्दा पनि शत्रु गते चलचित्रलाई धेरै माया गरेर निर्माण गरेको छु, चलचित्र धेरै नै राम्रो बनेको छ, शत्रु गतेले ब्यवसायिक सफलता पाउछ भन्नेमा ढुक्क छु ।’

साथै शत्रु गतेको  को बारेमा किरण केशीले भने -‘ हामी अहिले परिक्षाको घडीमा छौ, हामीले राम्रो तयारि गरेर परिक्षा दिएका छौ अब दर्शकले कसरि मुल्यांकन गर्नु हुन्छ त्यसमा भर पर्छ ।

 

चलचित्र शत्रु गतेमा प्रदीप भट्टराईको निर्देशन रहेको फिल्मको ट्रेलरमा कमेडी भरपूर छ । ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत रिलिज भएपछि धेरैका लागि ‘शत्रु गते’ को ट्रेलर प्रतिक्षामा थियो ।

पहिलो पटक अभिनेत्री प्रियंका कार्की प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदैछिन् । अभिनेता दीपकराज गिरीसँग उनको जोडी बाँधिएको छ । यस्तै, हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला प्रस्तुत छिन् । ट्रेलरमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई केही युवतीहरुसँग रोमान्टिक मूडमा देख्न सकिन्छ ।