‘माया पिरती सबै खल्ली बल्ली’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं २० माघ

नयाँ दोहरी गीत ‘माया पिरती सबै खल्ली बल्ली’ को भिडियो सार्वजनिक भएको छ । आधुनिक गीतसंगीतमा पृथक पहिचान बनाएका गायक महेन्द्रराज बराल र कला लम्सालको स्वरमा यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यो गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ । जसमा कृष्ण केसीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो नृत्य प्रधान बनेको छ । गीतको भिडियोमा विजय पुन, तुलसी गुरुङ लगायतको अभिनय छ । उनीहरुको नृत्य प्रस्तुति आकर्षक छ । यो गीतको भिडियोमा अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन, बिक्रम चौहानको निर्देशन रहेको छ ।