पोष्टरमा यस्तो देखियो चलचित्र नेप्टे


 

काठमाडौं, ५ चैत

आगामी ३० चैतबाट देशव्यापी प्रदर्शनमा ल्याईने भनिएको चलचित्र नेप्टेको प्रदर्शनी तिथि नजिकिँदै गर्दा सोमबार फस्ट लुक्सको रुपमा पोष्टर सार्वजनिक गरिएको छ । सिक्स सिटरको पोष्टरमा सिनेमामा बहुसँख्यक मुख्य कलाकारलाई स्थान दिईको छ । सार्वजनिक तीन पोष्ट माध्य दुई ओटा पोष्टर ३० गुणा ४० को छ । यी दुई मध्य एउटा पोष्टरमा अभिनेता रोहित रुम्बा र छुल्ठिम गुरुनलाई स्थान दिर्र्ईएको छ । अर्को पोष्टरमा बाँकी मुख्य कलाकार पनि समेटिएका छन् ।

‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्म नेप्टेमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा  किरण माइकलको पटकथा एवं संवाद रहेको छ ।

फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।  फिल्ममा सन्तोष राज . बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ  ।

 

अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ।