ऋचा सजिली लाग्छ पुरनलाई


काठमाडौं, ३ चैत्र

पुरन थापाको लेखन, निर्माण र निर्देशनको कमेडी फिल्म ‘फेरि–फेरि’मा अहिले ऋचा शर्मासँगै काम गरिरहेका छन् । यो चलचित्रको करिब ९० प्रतिशत छायांकन सकिएको छ ।

निर्देशक पुरनले ऋचासँग काम गर्न निकै सजिलो भएको बताएका छन्,‘ऋचासँग काम गर्न गाह्रो छ भन्ने सुनेको थिएँ तर सबै बकबास रैछ,’ पुरनले भने,‘एकदमै को–अपरेट, प्रोफेशनल अनि सजिली पाएँ । मलाई एकदमै सहयोग भएको छ ।’

 

ऋचाले पनि पुरनको कामको प्रसँसा गरेकी छिन् । चर्चित हास्य कलाकार पुरनसँग काम गर्न आफुलाई निकै सजिलो भएको यी अभिनेत्रीले बताएकी छिन् ।

माघ तेश्रो सातादेखि सुटिङ थालीएको फिल्ममा अर्पण थापा, ऋचा शर्मा, निर्देशक पुरन स्वयम्, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।

१० दिन लगाएर यो फिल्मको क्लाईमेक्सट फाईटको सुटिङ भक्तपुर, सूर्यबिनायकमा गरिएको छ । फेरि फेरिको काठमाडौ उपत्यका भित्रको छायाँकन सकेपछि दामन, चितवन हुदै कर्णाली पुलसम्म पुग्ने सेड्युल रहेको छ । चैतको दोस्रो सातासम्म यसको छायाँकन सक्ने र आगामी दशैंसम्म सिनेमालाई दर्शकमाझ ल्याउने निर्देशक पुरन थापाले बताएका छन् ।