सुपर गोर्खे ७ बैशाखमा रिलिज, यस्तो बनेको छ प्रोमो


काठमाडौं, २ चैत

वैवाहिक सम्बन्धपछि दाम्पत्य जीवनमा व्यस्त अभिनेत्री ऋचा सिंह ठकुरी नायिकाकै रुपमा नयाँ चलचित्रबाट दर्शकमाझ आउँदैछिन् । उनकै पतिले निर्माण गरेको चलचित्र सुपर गोर्खेबाट उनी पुन अभिनयमा फर्कन लागेकी हुन् । यो चलचित्रको देशव्यापी रिलिज आगामी ७ बैशाखबाट हुने भएको छ ।

चलचित्र सुपर गोर्खेमा ऋचा सिंह ठकुरी सहित सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्टसहितका कलाकारहरुको अभिनय हेर्न पाईने छ ।

 

सुपर गोर्खेको प्रोमो ः

चलचित्रको प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले सुपर गोर्खेको प्रोमो युट्युव मार्फत सार्वजनिक गरेको छ । प्रोमोमा हास्यप्रदान सम्वाद र द्वन्द्वलाई महत्व दिइएको छ ।

यो चलचित्रलाई राज थापाले निर्देशन गरेका हुन् । जसमा किरण माइकलको लेखन, चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ ।