अश्लिल सम्बादका कारण संजय दत्तले छाडे ‘टोटल धमाल’


मुम्बई,एजेन्सी,

३० फागुन

बलिउड अभिनेता संजय दत्तले अश्लिल भाव झल्कने सम्बाद भएका कमेडी फिल्ममा काम नगर्ने घोषणा गरेका छन् । यही कारण उनले नयाँ फिल्म ‘टोटल धमाल’ छाडेका छन् ।

अर्को एउटा कमेडी फिल्म पनि उनले छाडेका छन् । पछिल्लो समय कमेडी फिल्ममा दुई अर्थ लाग्ने अश्लिल सम्बादको व्यापक प्रयोग हुन थालेपछि त्यस्ता सम्बाद भएको फिल्म आफुले नखेल्ने संजयले बताएका छन् । आफुलाई कमेडी फिल्म मन पर्ने भए पनि अश्लिल कमेडी फिल्म जती राम्रो भए पनि अब नगर्ने बताउँदै सोही कारण टोटल धमाल छाडेको संजयले प्रस्ट्याएका छन् ।

अर्को एउटा कमेडी फिल्म ‘नजर के सामने जिकर के पास’ को सम्बादमा पनि संजयले प्रतिक्रिया जनाएपछि यो फिल्मको सम्बादलाई केही भद्र बनाईएको छ । जसका कारण यो हाँस्यप्रधान फिल्ममा अब संजयले अभिनय गर्ने भएका छन् । यो फिल्ममा संजयसँगै डायना पेंटी, जोनी लिभर, श्रेयस तेलपडे लगायतका कलाकार छन् ।


हालै मात्र दुई ओटा फिल्म ‘साहेब बिबी’ र ‘ग्याङ स्टार–३’ को छायाँकन सकेका संजय यतीबेला नयाँ फिल्म ‘तोरबाज’को छायाँकनमा छन् ।