ब्युटी न्युज नेपाल
काठमाडौँ, २ असोज
दुई मुख्य कारणले प्रदर्शनको मुखमा रहेको चलचित्र माइतीघरको प्रचारमा दुई सातासम्मा निकै असर पर्यो । पछिल्लो एक साता जेनजी पुस्ताको आन्दोलनले खायो भने त्यो भन्दा अघिल्लो एक साता बलिदानको टिमसँग चलचित्र माइतीघरका निर्माता रोहित अधिकारीको फेसबुकमा आरोप प्रत्यारोप र प्रहरी उजुरी मै बित्यो ।
अन्तत : यतिबेला यो चलचित्रका निर्माता रोहित अधिकारीले आफूहरुबाट गल्ती भएको स्विकारेका नयाँ उत्साहका साथ आफूलाई अब अघि बढाउने प्रण गरेका छन् । उनले अब सबै मिलेर जार्नु पर्छ भनेका छन् । उनको यो भनाईले मनमा तुस पालेर बसेका अरु चलचित्रकर्मीलाई पनि सकरात्मक दिशा तर्फ अघि बढाउने आशा गरिएको छ ।
आज काठमाडौँमा चलचित्र आइतीघरको ट्रेलर रिलिज गर्र्दै उनले कसैबात प्रभावित भएर आफू त्यतिसम्म उग्र भएको तरर आफ्नो स्वभाव त्यस्तो नभएको पनि खुलासा गरे । उनले कार्यक्रममा भने,‘देशको परिस्थितिले गर्दा विवाद एक हदसम्म भएको थियो । तर अहिले देशको अर्को परिस्थितिले गर्दा हामी फेरी एकठाउँ भएका छौँ ।’
निर्माता रोहितले कतीपय घटनाहरु (जस्तै हेलमेट काण्ड) जिस्किने क्रममा बाहिर आएको पनि स्पष्ट पारे । दुई साता अघि रोहितले साईवर सेनाबाट आफूलाई धम्की आएको र आफुलाई आक्रमण गर्न आउनेहरु भन्दै तीनहरुको सिसिटिभी फुटेज समेत सार्वजनिक गरेको विषयमा पनि आजको कार्यक्रममा प्रश्न उठ्यो । सो बिषयमा निर्माता रोहितले भने,‘पहिला त्यस्तो कुराहरु थियोकी जस्तो लागेको थियो, तर हाम्रो सबै विवाद मिलीसक्यो । त्यसैले यो विषयमा हामी अहिले चैँ धेरै बोल्न चाहँदैन, अहिले चैँ यो चलचित्रकै प्रोमेसन र रिलिजमा हामी छौँ ।’
आफूले प्रहरीमा चलचित्र बलिदानको टिम बिरुद्ध उजुरी दिनुको कारण पनि आफूहरुको पुरानै कुरा भएको पनि निर्माता रोहितले पत्रकार भेटघाटका क्रममा स्पष्ट पारे । अहिले देशको परिस्थिति अर्कै मोडलमा भएकाले दाजुभाई सबै जना एक भएर लाग्नु पर्छ भन्ने उद्घोष पनि निर्माता रोहित अधिकारीले पत्रकारसँग गरे ।
यति मात्र हैन, त्रिपक्षय (रोहित, दीपकराज र सन्तोष बिचको) स्टाटसले चलचित्र उधोग नै फोहोर भयो भनेर आरोप पनि चल्यो र तपाईँ माथि पनि आरोप लाग्यो भन्ने पत्रकारको प्रश्नमा निर्माता रोहितले त्यतिबेला आफ्नो पनि गल्ती भएको स्मरण गर्दै भने, ‘त्यति बेला मेरो पनि गल्ती भएको आफूले स्विकानै पर्छ । जुन हिसाबको म मान्छे हुँ, मान्छे अनुसारको फेसबुकमा मेरो पनि स्टाटस्हरु राम्रो भाथिएन । मेरो पनि गल्ती कहिँन कही चै भाकै हो । त्यो कुराहरु अब सुधारेर हामी चैँ फिल्ममै केन्द्रित छौँ र फिल्मको रिलिजमै केन्द्रित छौँ अहिले ।’
ढिलै भए पनि यति बेला माइतिघर टिम जुर्मुराएको छ । आपसी मतभेदकै कारण यो टिमले टिजरसहित विभिन्न प्रचार प्रसार सामग्री पनि बजारमा ल्याउन नसक्दा चलचित्रको प्रचार प्रसार सुस्ताएको थियो । तर बिहीरबा रिलिज भएको माइतिघरको ट्रेलरले छोटो समयमै दर्शकको राम्रो भ्युज र प्रतिक्रिया पाएको छ ।