काठमाडौं, २८ फागुन

 


थुप्रै चलचित्रमा बेहुली बनेकी तथा श्रीमतीको भूमिका निर्वाह गरिसकेकी अभिनेत्री अशिष्मा नकर्मीे बास्तविक जीवनमा दाम्पत्य जीवनसम्बन्धमा बाँधिएकी छिन् ।

 


सँयुक्त राज्य अमेरिका बस्दै आएका काठमाडौंको नयाँ बानेश्वर निवासी चार्टर एकाउन्टेन्ट नविन प्रधानसँग अशिष्माले सोमबार दिउँसो नेवारी परम्परा अनुसार काठमाडौंको कालिमाटी स्थित एक ब्यैङकेटमा विवाह गरेकी हुन् ।

 

भाईको माध्यमबाट नविनसँग भेट भएको एक सातामै बैबाहिक सम्बन्धमा बाँधिएको अशिष्माले बताएकी छिन् । आफुहरुको मागी विवाह भएको यी अभिनेत्रीले प्रस्ट पारेकी छिन् ।

 

सोमबार बेलुका नै उनले चलचित्रकर्मीलाई विवाह भोज दिएकी छिन् । उनको विवाह भोजमा नेपाली चलचित्रबृत्तका विभिन्न अभिनेता, अभिनेत्री, निर्देशक, निर्माता, बितरक देखि संगीतकर्मीसम्म पुगे ।

 

उनी फिल्म अन्तरालबाट नेपाली चलचित्रमा नायिकाको रुपमा प्रस्तुत भएकी थिईन् । यसपछि उनले अर्धकट्टी, राघव, तोरी लाउरे, लभ यु बाबा, बाटो मुनिको फूल २, संरक्षण लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनीले त्यत्तिकै नेवारी चलचित्रमा पनि अभिनय गरेकी छिन् । करिब डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी अशिष्मा पछिल्लो समय एउटा नेवारी चलचित्रको निर्माणमा व्यस्त थिईन् ।

 

विवाहपछि फिल्म खेल्ने की नखेल्ने भन्नेबारे यी अभिनेत्रीले अहिलेसम्म केही पनि बताएकी छैनन् । तथापि आफुले निर्माण थालेको चलचित्र उनले पुरा गर्नेछिन् ।

 

तस्बिर श्रोत – ममता प्रधान