मल्टिप्लेक्समा हुर्रेको शो थपियो


काठमाडौं, २७ फागुन

२५ फागुनबाट मुलुकका सिनेमा हलमा एक साथ तीन नेपाली चलचित्र प्रदर्शनमा आए । जस मध्य पहिलो दिन मध्यम व्यापार गरेको चलचित्र ‘हुर्रे’मा शनिबारबाट काठमाडौं र मोफसलका मल्टिप्लेक्समा दर्शकको सँख्य बढेको  छ ।

हुर्रे हेर्ने दर्शकको सँख्य बढेपछि मल्टिप्लेक्समो शो पनि बढेको यसका निर्माता सोनाम लामाले बताएका छन् । क्यु एफ एक्सका सिनेमा हलमा शनिबारबाट हुर्रेको दुई सो थपिएको, बिजी मल स्थित एस आर, लगायत अन्य मल्टिप्लेक्समा पनि शो बढेको सोनामले बताएका छन् ।

यो फिल्म हास्यप्रधान जनरामा निर्माण गरिएको छ ।  लामाका अनुसार फिल्म हुर्रे पशुपति क्षेत्रमा फुल बोच्ने एक युवतीको कथामा आधारित छ । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिईरहेको पनि निर्माता सोनामले बताए ।
हुर्रेमा केकी अधकारी, अुनप बिक्रम शाही, बिजय बराल, राजाराम पौडेल, अँकित खड्का, प्रकाश घिमिरे, संगीता नापित सहितको अभिनय रहेछ ।