माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मन पर्यो पञ्चायत


काठमाडौ,२७ फागुन

सँधै राजनीतिक दौडधुपमा व्यस्त रहने नेताहरुले काठमाडौंका कुमारी हलमा नेपाली चलचित्र पञ्चायत हेरेर मनोरञ्जन लिएका छन् । एक समय पञ्चायतको बिरोध गर्ने अहिलेको नेताहरुले पञ्चायत हेरेर यसको खुरेर प्रसँसा गरेका छन् ।
आगामी २ चैतबाट देशैभर प्रदर्शनमा आउन लागेको यो ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र पञ्चायतलाई पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एमालेका नेता झलनाथ खनाल लगायत सबैले मन पराए । शुक्रबार राती काठमाडौको कुमारीहलमा सम्पन्न ‘रेडकार्पेट प्रिमियर सो’ दर्जन नेताहरु थिए ।

चलचित्र पञ्चायत हेरेपछि पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भने,‘चलचित्रले त्यतीबेलाको सामाजिक साँस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ।’उनले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिए ।

 

अर्का पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गर्दै भने,‘चलचित्रमा समाजको यथार्थ प्रतिबिम्व छ । विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।’

 

 

पुर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन, अनन्तले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठुलो कुरा भएको बताए ।

 

पुर्व उर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्मा, प्रभाकरले पुरानो भएपनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गर्दै भने,‘हृदयविदारक दृष्य प्रस्तुत गरेको छ धेरै राम्रो छ ।’

 

नेपाली काँग्रेसका नेता तथा पुर्व संचारमन्त्री मिनेन्द्र रिजालले शक्तिशाली विषयबस्तुमा चलचित्र पञ्चायत बनेको भन्दै प्रसँसा गरे । पञ्चायतमा समाजमा घटेको घटना अब समाजमा नघटुन् भन्ने सन्देश दिन खोदिएको आफुले पाएको रिजालको भनाई थियो ।

नेकपा एमालेका सचिब योगेश भट्टराईले पनि फिल्मको खुलेर प्रसँसा गरे । उनले नेपाली समाज त्यसमाथि पनि ग्रामिणभेगको थुप्रै घटना चलचित्रमा उद्घाटीत भएको प्रतिक्रिया दिए ।

चलचित्रको ‘प्रिमियर सो’मा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पुर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, काँग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशीले पनि फिल्मको प्रसँसा गरे ।

यस्तै चलचित्र निर्माता नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, आकास अधिकारी, सोभित बस्नेत, जयकिशन बस्नेतलगायतले पनि फिल्म राम्रो बनेको बताए ।

 


शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका नीता ढुंगानाले शिर्ष नेताहरुबाट तारिफ पाएकाले सहि चलचित्रमा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिए ।

खनाल र ढुंगानासँगै उक्त चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ ।

 


गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्माता रवि अधिकारी हुन ।