माग्ने राजा नाम सुन्नसाथ उत्साहित भएको वर्षाको भनाई


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ असार

वर्षा सिवाकोटी पछिल्लो पुस्ताकी उम्दा नायिका हुन् । छक्का पञ्जा ५ को सफलता पछि उनलाई अभिनयमा भ्याई नभ्याई छ । यसै क्रममा वर्षाको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’ आगामी ६ भदौमा रिलिज हुँदैछ । यो चलचित्रमा उनी हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को जोडीका रुपमा दर्शकमाझ देखिँदै छिन् ।

यो चलचित्रमो अनुबन्धित हुँदाको अबस्थाबारे सम्झँदै उनले भनिन्,‘मलाई सिनेमामा प्रस्ताव आउनासाथ मैले काम गर्न सहमत जनाएँ । किनकी राम्रो टिमको लोभ थियो । केदार दाईसँग मैले छक्का पन्जा ५ मा सहकार्य गरिसकेकाले पनि म माग्ने राजामा काम गर्न राजी भएँ,’ पहिलोपटक केदार ‘माग्ने राजा’मा प्रमुख भूमिकामा रहेकाले आफू उत्साहित भएको पनि उनले खुलाइन् ।

उनले सुरुमा यो चलचित्रको नाम सुन्दा रोचक लागेको बताइन् । माग्ने भन्नासाथ दिमागमा धेरै कुरा आउने भएकाले ती आएका कुरालाई एउटै चरित्रले पोट्रे गर्ने उनको दाबी छ ।

वर्षाले निर्देशक ऋषि लामिछाने पनि लामो समयपछि निर्देशनमा कमव्याक गरेको र लेखक सामिप्यराज तिमल्सेनाको स्क्रिप्टमा आफूले यसअघि नै सिनेमामा काम गरिसकेकाले सिनेमामा केही पक्कै फरक हुनेछ भनेर सहकार्य गरेको बताइन् । सधैं गरिरहेको क्यारेक्टर भन्दा ‘माग्ने राजा’मा आफू फरक देखिएको वर्षाको दाबी छ । ‘सिनेमाको कथावस्तु नै फरक छ । मेरो जुन क्यारेक्टर भन्नुभएको छ, त्यसमा उहाँहरुले न्यारेट गर्दाखेरी त्यस्तो देखिन्छु या देखिन्नँ भन्ने थियो । तर उहाँहरुको सोचाई अनुसार नै मैले काम गरेकी छु,’ वर्षा भन्छिन् ।

वर्षाले निर्माण पक्षको योजना अनुसार नै सिनेमा बनेकाले सिनेमा सफल हुनेमा आफू ढुक्क रहेको बताइन् । ‘निर्माता र निर्देशकको योजना अनुसार नै काम भएको छ । टिम र स्क्रिप्ट राम्रो भएर पनि हुँदैन, त्यसलाई बजारमा कसरी प्रस्तुत गर्ने भन्ने पनि हुन्छ । हामी यति लामो समयदेखि व्यवासायिक रुपमा काम गरिरहेको हिसाब पनि सोच्नुपर्ने भयो । उहाँहरुको काम गराई देखेपछि काम गर्न पनि सजिलो भयो,’ उनी भन्छिन् ।

सिनेमाले कन्टेन्टले दर्शकले रिलेट गर्न सक्ने वर्षाको भनाई छ । ‘सिनेमाले अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ । हाम्रो समाजले निम्न, उपल्लो वर्ग भनेर सिकाएको छ । सिनेमाले सबै वर्गलाई प्रतिनिधित्व गर्छ । अहिलेको राजनीतिक अवस्थालाई पनि यसले केही चत्रिण गरको छ । सिनेमाले राजनीति, साथी, परिवार र प्रेमिकाको कुरालाई बलियो गरी प्रस्तत गरेको छ,’ वर्षाको भनाई छ ।

सिनेमा ‘छक्का पन्जा ५’मा आफूले काम देखाउन पाएकैले सन्तुष्टि मिलेको उनले बताइन् । ‘मैले अहिलेसम्म काम गरेका फिल्ममध्ये अलिकित बढी एप्रिसियट पाएको ‘छक्का पन्जा ५’ बाटै हो । किनभने त्यो लेभलको सपोर्ट अहिलेसम्म मैले पाएको थिइनँ । राम्रो काम गर्नुहुँदो रहेछ है भनेर रेस्पोन्स आएको ‘छक्का पन्जा ५’ हो । ‘माग्ने राजा’मा पक्कै पनि त्यो भन्दा मैले केही फरक गरेको छु जस्तो लाग्छ,’ उनी भन्छिन् ।